गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकतामा खानेपानी - Chaitanya News
  • 2026-06-04
  • 19:54:31
  • बिहिबार,जेठ २१, २०८३
  • गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकतामा खानेपानी

    गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकतामा खानेपानी

    पोखरा– गण्डकी प्रदेश सरकारले अधुरा खानेपानी आयोजना सम्पन्न गर्ने कामलाई प्राथमिकतामा राखेको छ।

    एक घर एक धारा खानेपानी आयोजना अन्तर्गत स्रोत सुनिश्चित गरिएका क्रमागत, मर्मत सम्भार तथा प्रणाली सुदृढीकरणका लागि गण्डकी प्रदेश सरकारको आगामी बजेटले प्राथमिकतामा राखेको हो।

    क्रमागत, मर्मत सम्भार तथा प्रणाली सुदृढीकरण आयोजना सम्पन्न गर्नमात्रै आगामी बजेटमा ६० करोड ६१ लख रुपैयाँ बिनियोजन गरिएको छ।

    आगामी आर्थिक वर्षमा मात्रै २ सयभन्दा बढी खानेपानी आयोजना सम्पन्न गरी १५ हजार घरमा निजी धारा जडान कार्य सम्पन्न गर्ने लक्ष्य सरकारले राखेको छ।

    खानेपानी क्षेत्रका लागि १ अर्ब ७० करोड रुपैयाँ बिनियोजन गरिएको आर्थमन्त्री डा. टकराज गुरुङले बजेटमा उल्लेख गरेका छन्।