काठमाडौँ– सरकारले सार्वजनिक प्रशासनलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित सचिवहरूको बैठकबाट २२ बुँदे निर्णय सार्वजनिक गरेको छ। मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त भएपछि बसेको पहिलो सचिव बैठकले सेवा प्रवाह सुधार, कर्मचारी व्यवस्थापन, वित्तीय अनुशासन, सुशासन र डिजिटल प्रणाली विस्तारलाई प्राथमिकतामा राख्दै प्रशासनिक सुधारका विभिन्न निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार…