चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन - Chaitanya News
  • 2026-06-04
  • 20:08:20
  • बिहिबार,जेठ २१, २०८३
  • चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन

    चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन

    काठमाडौँ– चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार गत वर्ष यसै अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ संकलन भएको थियो। २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो।

    अहिले संकलित राजस्व लक्ष्यको ८३.२२ प्रतिशत हो। चालू वर्षको जेठ महिनासम्मको लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ थियो।

    चालू आर्थिक वर्षको जेठ महिनामा ९४ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्षको जेठ महिनामा ८५ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।