अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी सरकारले बजेट ल्याएको छ : अर्थमन्त्री पौडेल - Chaitanya News
  • 2026-06-04
  • 20:08:21
  • बिहिबार,जेठ २१, २०८३
  • अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी सरकारले बजेट ल्याएको छ : अर्थमन्त्री पौडेल

    अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी सरकारले बजेट ल्याएको छ : अर्थमन्त्री पौडेल

    काठमाडौँ– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी सरकारले बजेट ल्याएको बताएका छन्।

    आज (आइतबार) प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै पौडेलले यस्तो बताएका हुन् । यस्तै उनले अर्थतन्त्रका सूचकहरू सकारात्मक हुँदै गए पनि चुनौतीहरू कायमै रहेकाले त्यसका सामना गर्नेगर सरकारले बजेट ल्याएको बताए।

    प्रस्तुत बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधि विस्तार हुने, निजी क्षेत्रको लगानी अभिवृद्धि हुने, रोजगार सिर्जना हुने र पूर्वाधार आयोजनाहरू निर्धारित समयमा नै सम्पन्न हुने उनले बताए।

    पौडेलले चालू पूँजीगत खर्च चालू आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरेको जानकारी दिए। अन्तर सरकारी वित्त हस्तान्तरणमा वित्त आयोगले निर्धारण गरेको सीमाभन्दा करिब ४ अर्बले वृद्धि गरिएको, आम्दानीको मुख्य स्रोत राजस्वले समग्र खर्चको करिब ६७ प्रतिशत धान्नेगरी बजेट प्रस्ताव गरिएको उनको भनाइ छ।