मन्त्री गुरुङले गरे सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसद्‍मा दर्ता - Chaitanya News
  • 2026-11-16
  • 08:34:30
  • सोमबार,मंसिर ०१, २०८३
  • मन्त्री गुरुङले गरे सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसद्‍मा दर्ता

    मन्त्री गुरुङले गरे सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसद्‍मा दर्ता

    काठमाडौं– सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसद्‍मा दर्ता भएको छ।आज (आइतबार) सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका हुन्।

    विधेयकको प्रस्तावनाअनुसार सूचना प्रविधिको विकास, प्रवर्धन तथा नियमन गर्ने उद्देश्यले विधेयक आएको छ। विद्युतीय अभिलेख तथा डिजिटल हस्ताक्षरको सत्यता र विश्वसनीयता कायम राख्न, साइबर स्पेसमा रहेका सूचना, तथ्यांक वा विवरणको संरक्षण गर्ने भनिएको छ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङकाअनुसार साइबर स्पेसमा रहेका सूचना, तथ्यांक वा विवरणलाई व्यवस्थित प्रयोग गर्न र साइबर सुरक्षा सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक ल्याइएको हो।