मधेस सरकारले ४६ अर्बको हाराहारीमा बजेट ल्याउँदै - Chaitanya News
  • 2026-06-04
  • 20:50:59
  • बिहिबार,जेठ २१, २०८३
  • मधेस सरकारले ४६ अर्बको हाराहारीमा बजेट ल्याउँदै

    मधेस सरकारले ४६ अर्बको हाराहारीमा बजेट ल्याउँदै

    जनकपुरधाम– आगामी आर्थिक वर्ष २०८२–०८३ को लागि मधेश प्रदेश सरकार आज बजेट प्रस्तुत गर्दै छ। बजेट प्रस्तुतको लागि आज अपराह्न ४ बजे मधेश प्रदेश सभाको बैठक बोलाएको छ।

    आगामी आर्थिक वर्षको लागिएको मधेस सरकारले ४६ अर्बको हाराहारीमा बजेट ल्याउन लागेको स्रोतले जनाएको छ। गत वर्षभन्दा २ अर्बभन्दा बढी बजेट ल्याउन लागेको स्रोतको दाबी छ।

    मधेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने तयारी रहेको छ।

    गत वर्ष सरकारले चालु आर्थिक वर्ष २०८१–८२ मा ४३ अर्ब ८९ करोड ७० लाख रुपैयाँको बजेट ल्याएको थियो।

    मधेश सरकारले यस वर्ष पनि सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार निर्माणको लागि ल्याउन लागेको हो।

    गत जेठ २३ गते मधेस सरकारले ल्याएको नीति तथा कार्यक्रम अनुसार नै बजेट विनियोजन गरी ल्याउन लागेको एक अधिकारीले बताए।

    मधेश सरकारले यसपटक सांसदलाई अघोषित रूपमा पाँच करोडसम्मको बजेट दिन लागेको छ।