लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-08
  • 01:59:39
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. आकारका हिसाबले क्रमशः ठुलाबाट साना ग्रहहरुको क्रम कुन ठिक छ ?
    A. बृहस्पति, शनि, वरुण, अरुणर पृथ्वी      B. बृहस्पति, अरुण, शनि, वरुण र पृथ्वी
    C. बृहस्पति, शनि, अरुण, पृथ्वी र वरुण     D. बृहस्पति, शनि, अरुण, वरुण र पृथ्वी

    2. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    महादेश शिखर
    a. दक्षिण अमेरिका 1. भिन्सन म्यासिफ
    b. अन्टार्कटिका 2. एकान्कागुआ
    c. युरोप 3. कोस्कियुस्को
    d. अष्ट्रेलिया 4. माउप्ट एल्बुज
    A) a1,b2,c4,d3 B) a1,b2,c3,d4
    C) a4,b3,c2,d1 D) a2,b1,c4,d3

    3. लाभा सतहमा आउने मुख्य नलीको दायाँबायाँबाट गएको नलीलाई के भनिन्छ ?
    A) Dyke B) Neck C) Lava D) Magma

    4. सप्तगण्डकीको सबैभन्दा ठूलो सहायक नदी र सानो सहायक नदी कुन हुन् ?
    A. कालीगण्डकी र त्रिशुली B. कालीगण्डकी र बुढीगण्डकी
    C. सेतीगण्डकी र बुढीगण्डकी D. सेतीगण्डकी र त्रिशुली

    5. निम्न भनाई विचार गर्नुहोस् ।
    क) अरनिको हिमाल डोल्पा जिल्लामा पर्दछ ।
    ख) मकालु हिमालको पुरानो नाम जन्नु हिमाल हो ।
    ग) कालीगण्डकी नदिको पौराणिक नाम हरगङ्गा हो ।
    घ) बैष्णवी स्वरुपा भनेर कालीगण्डकी नदीलाई चिनिन्छ ।
    A. क र ख मात्र ठिक B. ग र घ मात्र ठिक C. सबै बेठिक D. सबै ठिक

    6. अन्नपूर्ण संरक्षण क्षेत्र निम्न मध्ये कुन जिल्लामा फैलिएको छैन् ?
    A. लमजुङ          B. मनाङ              C. ताप्लेजुङ             D. मुस्ताङ

    7. नेपालमा सुरक्षित गर्वपतन सेवा दिवस कहिले मनाईन्छ ?
    A. भदौँ ५             B. अशोज १०      C. अशोज २०             D. भदौँ १०

    8. राष्ट्रिय जनगणना, २०७८ अनुसार तलका भनाई विचार गर्नुहोस् ।
    क) ६० वर्षभन्दा माथि उमेर समूह जनसंख्या १०.२१ प्रतिशत रहेको ।
    ख) सबैभन्दा कम जनसंख्या भएको नगरपालिका ठुलीभेरी नगरपालिका हो ।
    ग) सबैभन्दा कम जनसंख्या वृद्धिदर रहेको नगरपालिका कञ्चन नगरपालिका हो ।
    घ) कुनै न कुनै प्रकारका अपांगता भएका व्यक्ति ४.४ प्रतिशत रहेका छन् ।
    A. क र ख बेठिक B. ख र घ बेठिक C. ग र घ बेठिक D. सबै बेठिक

    9. जैविक विविधता महासन्धि, (CBD) को नेपाल कहिले सदस्य बनेको हो ?
    A. सन् १९९२ B. सन् १९७५ C. सन् १९९४ D. सन् १९७८

    10. तलका भनाई विचार गरि सहि विकल्प रोज्नुहोस् ।
    i. म्याग्नाकार्टा जारी गर्ने बेलायती राजा जोन द्धितीय हुन् ।
    ii. गौरवमय क्रान्ति बेलायतमा सन् १६८८ मा भएको थियो ।
    iii. म्याग्नाकार्टाको मस्यौदा लेख्ने व्यक्ति Archbishop Stephen Langton हुन् ।
    A. i र ii मात्र ठिक B. ii र iii मात्र ठिक C. सबै बेठिक D. सबै ठिक

    11. नेटोलाई चुनौती दिन रुसको नेतृत्वमा वार्सा नामक संगठनको गठन कहिले भएको थियो ?
    A. सन् १९९० B. सन् १९५५ C. सन् १९९४ D. सन् १९९८

    12. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    युद्ध वीर गति प्राप्त गर्ने
    a. सतहुँ 1. भीमसिंह थापा
    b. देउथल 2. काजी केहरसिंह थापा
    c. कान्तिपुर 3. भक्ति थापा
    d. पलाञ्चोक 4. तुलाराम पाण्डे
    A) a2,b3,c1,d4          B) a2,b4,c3,d1
    C) a2,b3,c4,d1          D) a1,b2,c3,d4

    13. सर्वप्रथम साझा पुरस्कार प्राप्त गर्ने व्यक्ति को हुन् ?
    A. क्षेत्रप्रताप अधिकारी B. नारायण गोपाल गुरुवाचार्य C. भूपि शेरचन D. धर्मराज थापा

    14. जाति र मुख्य वासस्थान वीच जोडा मिलाउनुहोस् ।
    a. दुरा          1. गोरखा
    b. सतार       2. लमजुङ
    c. बरामे       3. सप्तरी
    d. धानुक      4. सुनसरी
    A) a2,b4,c1,d3           B) a2,b3,c4,d1
    C) a3,b4,c2,d1           D) a1,b2,c3,d4

    15. पूर्वको भेनिस भनेर भारतलाई चिनिन्छ भने पूर्वको मोति भनेर कुन देशलाई चिनिन्छ ?
    A. पाकिस्तान         B. माल्दिभ्स        C. बंगलादेश           D. श्रीलंका

    16. कुन जोडा गलत छ ?
    देश राजधानी               मुद्रा
    A. मलेसिया क्वालालम्पुर – रिंगिट
    B. थाईलयाण्ड बैंकक – भाट
    C. फिलिपिन्स मनिला – डलर
    D. लाओस भियन्टियन – किप

    17. युरोपेली आर्थिक समुदायको संस्थापक ६ राष्ट्रहरु कुन कुन हुन् ?
    A. फ्रान्स, डेनमार्क, जर्मनी, बेल्यियम, नेदरल्याण्ड र लग्जम्वर्ग
    B. फ्रान्स, इटाली, जर्मनी, बेल्यियम, नेदरल्याण्ड र लग्जम्वर्ग
    C. फ्रान्स, इटाली, जर्मनी, बेलायत, नेदरल्याण्ड र लग्जम्वर्ग
    D. फ्रान्स, इटाली, जर्मनी, बेल्यियम, नेदरल्याण्ड र स्पेन

    18. काभा बीच पुरुष भलिबल प्रतियोगिता, २०२४ मा विजेता देश कुन हो ?
    A. भूटान B. माल्दिभ्स C. उज्वेकिस्तान D. नेपाल

    19. असंलग्न आन्दोलनको १९ औ शिखर सम्मेलन, २०२४ अनुसार तलका मध्ये कुन भनाई गलत छ ?
    A. सम्मेलन मिति : सन् २०२४ जनवरी १९-२०
    B. सम्मेलनको नारा : ”Deepening Cooperation for shared Global Affluence”
    C. नेपालको तर्फबाट सहभागी हुने केपी ओली शर्मा हुन् ।
    D. सम्मेलन स्थल : कम्पाला, युगान्डामा ।

    20. तलको भनाई अध्ययन गरी कुन भनाई सहि होइन् ? पत्ता लगाउनुहोस् ।
    A. स्वीच, प्लग, सकेट तथा प्रेसर कुकरको विड आदि बनाउन बेकेलाइट प्रयोग गरिन्छ ।
    B. प्लास्टिक बनाउन चाहिने मनोमरहरु खनिज तेलबाट प्राप्त हुन्छ ।
    C. थर्मोप्लास्टिक पोलिमानाइलन क्लोराइड नामक पदार्थबाट उत्पादन गरिन्छ ।
    D. प्रोटिन, स्टार्च, रबर प्राकृतिक पोलिमरका उदाहरण हुन् ।

    उत्तरः

    1. D 11. B
    2. D 12. C
    3. A 13. C
    4. A 14. A
    5. C 15. D
    6. C 16. C
    7. B 17. B
    8. C 18. B
    9. A 19. C
    10. D 20. C

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100