आजदेखि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर लागू, कुन बैंकले कति दिन्छ ? - Chaitanya News
  • 2026-06-04
  • 20:50:59
  • बिहिबार,जेठ २१, २०८३
  • आजदेखि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर लागू, कुन बैंकले कति दिन्छ ?

    आजदेखि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर लागू, कुन बैंकले कति दिन्छ ?

    काठमाडौँ– आज (आइ तबार) देखि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर लागू गरेका छन्। असार महिनाका लागि अधिकांश बैंकले ब्याजदर घटाएका छन्।

    तर नबिल, प्रभु र हिमालयन बैंकले ब्याजदर यथावत राखेका छन्।

    कुन बैंकको कति ब्याजदर ? 

    एनएमबि बैंक:

    एनएमबि बैंकले व्यक्तिगत मुद्दतीको माथिल्लो सीमा ६.६० प्रतिशतबाट घटाएर ६.०० प्रतिशतमा  मा झारेको छ । त्यस्तै, एक वर्षे व्यक्तिगत मुद्दतीको ब्याज ४.०० प्रतिशतबाट घटाएर ३.०० प्रतिशतमा झारेको छ ।

    सिटिजन्स बैंक:

    सिटिजन्स बैंकले बचतको माथिल्लो सीमा ४.५० प्रतिशतबाट ४.०० प्रतिशतमा झारेको छ । साथै, एक वर्षे व्यक्तिगत मुद्दती ५.५० प्रतिशत बाट ५.०० प्रतिशत र एक वर्षे संस्थागत मुद्दती ३.१५ प्रतिशतबाट ३.०० प्रतिशतमा घटाएको छ ।

    ग्लोबल आइएमई बैंक:

    ग्लोबल आइएमई बैंकले बचतको माथिल्लो ब्याजदर ४.५० प्रतिशतबाट घटाएर ३.५० प्रतिशतमा सीमित गरेको छ ।

    कुमारी बैंक:

    कुमारी बैंकले व्यक्तिगत मुद्दती, संस्थागत मुद्दती र एक वर्षे मुद्दती लगायतका सबैजसो शीर्षकमा ब्याजदर घटाएको छ ।

    सानिमा बैंक:

    सानिमा बैंकले बचतको ब्याजदर ५.०३ प्रतिशतबाट घटाएर ४.०३ प्रतिशतमा झारेको छ भने एक वर्षे व्यक्तिगत मुद्दती ४.८० प्रतिशतबाट ४.६० प्रतिशतमा घटाएको छ ।

    एनआईसी एसिया बैंक;

    एनआईसी एसिया बैंकले व्यक्तिगत मुद्दतीको माथिल्लो सीमा ६.६०प्रतिशतबाट ६.५५ प्रतिशत र संस्थागत मुद्दतीको माथिल्लो सीमा ५.६० प्रतिशतबाट ५.५५ प्रतिशत झारेको छ ।

    कृषि विकास बैंक;

    कृषि विकास बैंकले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याज ४.०० प्रतिशतबाट घटाएर ३.५० प्रतिशतमा झारेको छ । तर, २ वर्षभन्दा माथिको संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने ३.२५ प्रतिशतबाट बढाएर ४.४५ प्रतिशत पुर्‍याएको छ । यसले बैंक दीर्घकालीन निक्षेप आकर्षित गर्न खोजेको देखिन्छ ।

    राष्ट्रिय वाणिज्य बैंक:

    सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बचतको ब्याजदर ३.०० देखि ३.२५ प्रतिशतको दायराबाट बढाएर ३.०० देखि ४.५० प्रतिशत पुर्‍याएको छ । साथै, एक वर्षे व्यक्तिगत मुद्दतीको ब्याज ४.०० प्रतिशत बाट बढाएर ५.०० प्रतिशत पुर्‍याएको छ ।

    माछापुच्छ्रे बैंक:

    माछापुच्छ्रे बैंकले एक वर्षे संस्थागत मुद्दतीको ब्याज ३.५० प्रतिशत बाट ३.०० प्रतिशतमा घटाए पनि बचत खाताको माथिल्लो सीमा ५.०० प्रतिशतबाट बढाएर ६.०० प्रतिशत पुर्‍याउँदै बचतकर्तालाई आकर्षित गर्ने प्रयास गरेको छ ।

    लक्ष्मी सनराइज बैंक:

    लक्ष्मी सनराइज बैंकले एक वर्षे व्यक्तिगत मुद्दतीको ब्याजदरमा उल्लेख्य वृद्धि गरेको छ । जेठमा ३.५० प्रतिशत रहेको ब्याजदरलाई असारमा ५.०० प्रतिशत पुर्याइएको छ । तर, एक वर्षे संस्थागत मुद्दतीको ब्याज भने ३.५० प्रतिशतबाट घटाएर ३.२५ प्रतिशतमा झारेको छ ।

    नेपाल बैंक :

    नेपाल बैंकले एक वर्षे व्यक्तिगत मुद्दतीको ब्याजदर ४.०० प्रतिशतबाट बढाएर ४.५० प्रतिशत पुर्‍याएको छ । यीबाहेक केही बैंकहरुको ब्याजदर सामान्य मात्रै परिवर्तन भएका छन् ।

    एभरेस्ट बैंक :

    एभरेस्ट बैंकले बचत खाताको ब्याजदरको रेञ्जलाई ब्याजदर ३.०५ देखि ४.०५ प्रतिशतबाट ३.०० देखि ३.०५ प्रतिशतमा झारेको छ । त्यस्तै, व्यक्तिगत मुद्दतीको माथिल्लो सीमा ६.६४ बाट ६.५५ प्रतिशत र संस्थागत मुद्दतीको माथिल्लो सीमा ५.६४ प्रतिशतबाट ५.५५ प्रतिशतमा झारेको छ ।

    प्राइम कमर्सियल बैंक:

    प्राइम कमर्सियल बैंकले बचतको तल्लो सीमा ३.०० बाट ३.०१ प्रतिशत र माथिल्लो सीमा ४.९५ प्रतिशतबाट ४.९६ प्रतिशत पुर्‍याएको छ । संस्थागत मुद्दतीको ब्याजदर ३.२५ देखि ३.५० प्रतिशतबाट ३.०० देखि ३.३५ प्रतिशतमा र एक वर्षे संस्थागत ३.५० प्रतिशतबाट ३.२५ प्रतिशतमा परिवर्तन गरेको छ ।

    नेपाल एसबिआई बैंक:

    नेपाल एसबिआई बैंकले बचतको तल्लो सीमा ३.०१ प्रतिशत बाट ३.०० प्रतिशतमा र माथिल्लो सीमा ३.२० प्रतिशतबाट ३.१० मा झारेको छ। त्यस्तै व्यक्तिगत मुद्दतीको तल्लो सीमा ३.५० प्रतिशतबाट ३.२५ प्रतिशतमा र एक वर्षे व्यक्तिगत ४.१५ बाट ४.१० प्रतिशतमा घटाइएको छ । एक वर्षे संस्थागत ब्याजदर ३.१५ प्रतिशतबाट ३.१० प्रतिशतमा झारिएको छ ।

    स्ट्यान्डर्ड चार्टर्ड बैंक:

    स्ट्यान्डर्ड चार्टर्ड बैंकले संस्थागत मुद्दतीको ब्याजदर ३.०० देखि ३.२५ प्रतिशतबाट घटाएर सबै खातामा ३.०० प्रतिशत ब्याजदर कायम गरेको  छ । साथै, एक वर्षे संस्थागत ब्याजदर ३.२५ प्रतिशतबाट ३.०० प्रतिशतमा झारेको छ ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक:

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थागत मुद्दतीको माथिल्लो सीमा ४.५० प्रतिशतबाट घटाएर ४.०० प्रतिशतमा झारेको छ ।

    सिद्धार्थ बैंक:

    सिद्धार्थ बैंकले संस्थागत मुद्दतीको तल्लो सीमा तथा एक वर्षे संस्थागत ब्याजदर ३.२५ प्रतिशतबाट घटाएर३.०० प्रतिशतमा घटाइएको छ ।