२४२ यात्रु सवार एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त, (हेर्नुहोस् तस्वीरहरू) - Chaitanya News
  • 2026-11-17
  • 08:33:08
  • मंगलबार,मंसिर ०२, २०८३
  • २४२ यात्रु सवार एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त, (हेर्नुहोस् तस्वीरहरू)

    २४२ यात्रु सवार एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त, (हेर्नुहोस् तस्वीरहरू)

    काठमाडौं– भारतको गुजरात राज्यस्थित अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ।

    दुर्घटनाग्रस्त विमान चिकित्सहरू बस्‍ने आवासमाथि खसेको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन्।

    विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए। जसमा ५२ जना बेलायती नागरिक र एक जना क्यानडेली नागरिक रहेको पुष्टि भएको भारतीय सञ्‍चार माध्यमहरूले उल्लेख गरेको छ।

    यस्तै पोर्चुगलका ६ जना नागरिक रहेको समेत भारतीय सञ्‍चारमाध्यले जनाएको छ।

    भारतीय मिडियाहरूका दुर्घटनाग्रस्त विमानबाट एक सय शव निकालेको दाबी गरेका छन्।

    भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो।