वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद् सदस्यमा सिफारिस - Chaitanya News
  • 2026-11-16
  • 09:13:57
  • सोमबार,मंसिर ०१, २०८३
  • वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद् सदस्यमा सिफारिस

    वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद् सदस्यमा  सिफारिस

    काठमाडौँ– न्याय परिषद्को सदस्यमा महेश नेपालको नाम सिफारिस भएका छन् । आज (बिहीबार) प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्को सदस्यमा महेश नेपालको नाम सिफारिस गरेका हुन् ।

    नेपालको संविधानको धारा १५३ अनुसार एक जना न्याय परिषद् सदस्य प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ।

    यसअघि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त भएका रामप्रसाद भण्डारीको कार्यकाल यही असार ९ गतेबाट सकिने भएकाले नियमनासुर संसदीय सुनुवाइ प्रक्रियाका लागि आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद सचिवालयमा पठाउने भएको छ ।