यस्तो रहनेछ आज देशभरको मौसम - Chaitanya News
  • 2026-07-16
  • 19:54:20
  • बिहिबार,आषाढ ३२, २०८३
  • यस्तो रहनेछ आज देशभरको मौसम

    यस्तो रहनेछ आज देशभरको मौसम

    काठमाडौँ– हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ।

    यस्तै आज दिउँसो देशभर आंशिदेखि साधारणतया बदली रहने छ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ।

    त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।