काठमाडौँ– आज (मंगलबार) नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१–८२ को समग्र आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गरेको छ । जसअनुसार, प्रदेश सरकारहरूले १० महिनामा १ खर्ब १७ करोड रुपैयाँ खर्च गरेका छन्।
राष्ट्र बैंकका अनुसार, वैशाखसम्म ७ प्रदेश सरकारले १ खर्ब १७ करोड रुपैयाँ बराबर खर्च गरेका हुन्।
त्यति खर्च गर्दा प्रदेश सरकारहरूको स्रोत परिचालन १ खर्ब ६१ अर्ब ७७ करोड रुपैयाँ देखिएको छ।
प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी १ खर्ब २३ अर्ब १५ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३८ अर्ब ६२ करोड रुपैयाँ छ।