नागरिकता विधेयकमा एनआरएनएको सुझाव लिँदै संसदीय समिति - Chaitanya News
  • 2026-11-16
  • 10:05:13
  • सोमबार,मंसिर ०१, २०८३
  • नागरिकता विधेयकमा एनआरएनएको सुझाव लिँदै संसदीय समिति

    नागरिकता विधेयकमा एनआरएनएको सुझाव लिँदै संसदीय समिति

    काठमाडौं– नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संसदीय समितिमा छलफल जारी छ।

    प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकको सम्बन्धमा गैरआवासीय नेपाली संघ (एनआरएन) र ब्रिटिस गोर्खा सैनिकसँग छलफल गरिरहेको छ।

    गृहमन्त्री रमेश लेखकले यो विधेयक १५ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए।

    प्रतिनिधि सभाले दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको छ।

    दफावार छलफल अगाडि राज्य व्यवस्था समितिले सरोकारवालाहरूसँग छलफल गरेको हो।