सरकारले दियो ४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट, सूचीमा सिनो हाइड्रो, कोकनदेखि पतञ्जलीसम्म - Chaitanya News
  • 2026-06-04
  • 22:27:21
  • बिहिबार,जेठ २१, २०८३
  • सरकारले दियो ४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट, सूचीमा सिनो हाइड्रो, कोकनदेखि पतञ्जलीसम्म

    सरकारले दियो ४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट, सूचीमा सिनो हाइड्रो, कोकनदेखि पतञ्जलीसम्म

    काठमाडौँ– सरकारले ४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट दिएको छ।

    चालु आर्थिक वर्षको चैत मसान्तसम्म सो बराबरको छुट दिइएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

    यसरी छुट पाउने कम्पनीहरुमा सबैभन्दा नेपाल विद्युत् प्राधिकरण सबैभन्दा अगाडि छ। प्राधिकरणले १ अर्ब ८७ करोड रुपैयाँ बराबरको भन्सार छुट पाएको छ। त्यस्तै, नेपाली सेनाले ७४ करोड ६८ लाख, राष्ट्रिय विपद् प्राधिकरणले २१ करोड ८५ लाख रुपैयाँ छुट पाएका छन्।

    त्यस्तै, चीन झियाङसू अन्तर्राष्ट्रिय आर्थिक र प्राविधिक सहकारी समूहले २० करोड ३१ लाख, घोराही मेडिचपुरकम्पनीले २० करोड, सिनो हाइड्रो कर्पोरेसनले ११ करोड ३९ लाख, पुरातत्व विभागले १० करोड ७७ लाख रुपैयाँ रराजश्व छुट पाएका छन्।

    त्यस्तै, छुट पाउने सूचीमा रुपन्देहीको केएसएम बसिर मोहम्मद एण्ड सन्स, सिमिजु कोअपरेसन, कोकन रेल्वे कर्पोरेसन लगायत समेत छन्।

    धुलिखेलको पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले समेत २३ हजार रुपैयाँ राजश्व छुट प्राप्त गरेको देखिएको छ।