काठमाडौँ– आज (आइतबार) आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल स्कटल्याण्डसँग भिड्ने भएको छ। खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे स्कटल्याण्डको डुण्डेमा शुरु हुनेछ।
यसअघिका शृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि एक विकेटको रोमाञ्चक जितका निकालेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्स पनि पराजित भएको थियो ।
प्रतियोगितामा नेपाल १० अंक सहित सातौँ स्थानमा छ। शृङ्खलामा अमेरिका २० खेलमा २८ अंकसहित शीर्ष स्थानमा छ। यस्तै, नेदरल्याण्ड्स २२ खेलमा २६ अंकसहित दोस्रो तथा ओमान २० खेलमा २४ अंकसहित तेस्रो स्थानमा छ।