यस वर्ष मन्त्रालयको बजेट गत वर्षको तुलनामा १८.५ प्रतिशत बढी - Chaitanya News
  • 2026-06-04
  • 23:09:15
  • बिहिबार,जेठ २१, २०८३
  • यस वर्ष मन्त्रालयको बजेट गत वर्षको तुलनामा १८.५ प्रतिशत बढी

    यस वर्ष मन्त्रालयको बजेट गत वर्षको तुलनामा १८.५ प्रतिशत बढी

    काठमाडौँ– यस वर्ष वन तथा वातावरण मन्त्रालयको बजेट ऐतिहासिक रूपमा बढेको छ। यस वर्ष मन्त्रालयको बजेट गत वर्षको तुलनामा १८.५ प्रतिशत बढेको मन्त्री ऐनबहादुर शाहीले जानकारी दिए।

    मन्त्रालयले संविधान जारीपछि आएका बजेटमा वन मन्त्रालयको बजेटबारे उपलब्ध गराएको तथ्याङ्क अनुसार गत वर्षको बजेटमा त्यो भन्दा अघिल्लो वर्षको भन्दा एक प्रतिशत बढेको मन्त्रालयको बजेट अहिले १८.५ प्रतिशतले बढेको हो।

    मन्त्रालयले दिएको तथ्याङ्क अनुसार संविधान जारी भएपछि आएका १० बजेटमा वन तथा वातावरण मन्त्रालयको बजेट पाँच पटक ऋणात्मक देखिन्छ। ०७३–७४, ०७६–७७, ०७७–७८, ०७८–७९ र ०८०–८१ को बजेटमा वन मन्त्रालयको बजेट ऋणात्मक देखिन्छ।

    १० वर्षमा सबैभन्दा बढी यो पटकको बजेटमा बढेको देखिन्छ। दोस्रो धेरै बढेको ०७९–८० मा हो। त्यसबेला अघिल्लो वर्षको बजेटभन्दा १५.३ प्रतिशतले बढेको थियो।

    तेस्रो धेरै बढेको ०७४–७५ मा हो। त्यसबेला अघिल्लो वर्षको बजेटभन्दा ११.४ प्रतिशतले बढेको थियो। वनमन्त्री शाही कर्णालीका भएकाले मन्त्रालयको बजेटमा कर्णालीले प्राथमिकता पाएको देखिन्छ।

    कर्णालीमा कर्णालीमा समपूरक अनुदान रकम र विशेष अनुदानको रकम बढेको छ।