काठमाडौँ–जल तथा मौसम विभागले आज (मंगलबार) देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। जसअनुसार देशभर आंशिक देखि साधारणतया बदली रहनेछ।
यस्तै आज कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ।
आज राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश प्रदेश लगायत बाँकी पहाडी भू–भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च(पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ।