बजेटपछिको पहिलो कारोबारमा सेयर बजार वृद्धि - Chaitanya News
  • 2026-07-07
  • 16:40:48
  • मंगलबार,आषाढ २३, २०८३
  • बजेटपछिको पहिलो कारोबारमा सेयर बजार वृद्धि

    बजेटपछिको पहिलो कारोबारमा सेयर बजार वृद्धि

    काठमाडौँ– बजेटपछिको पहिलो कारोबारमा सेयर बजार वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २.७७ अंकले वृद्धि भएर २ हजार ६९५.८४को बिन्दुमा पुगेको हो।

    सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट सार्वजनिक गरेको थियो। उक्त बजेटपछि पहिलो पटक सेयर बजार कारोबार भएको हो। यस दिन २ करोड २० लाख ३१ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब २२ करोड हाराहारीमा कारोबार भएको छ।

    यस्तै ओम मेगाश्री र प्युर इनर्जीको सेयरमा सकारात्मक सर्किट लाग्दा सबैभन्दा बढी सेयर कारोबार ङ्यादी ग्रुपको भयो। यस्तै उपसूचकतर्फ बैंकिङ, विकास बैंक, होटल एण्ड टुरिजम, हाइड्रोपावर, म्यानुफ्याक्चर एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्सको सेयर ऋणत्मक भयो।