सार्वजनिक यातायात बन्द भएपछि दुई वटा बसबाट यात्रुलाई नि:शुल्क सेवा सेवा - Chaitanya News
  • 2026-11-16
  • 12:10:35
  • सोमबार,मंसिर ०१, २०८३
  • सार्वजनिक यातायात बन्द भएपछि दुई वटा बसबाट यात्रुलाई नि:शुल्क सेवा सेवा

    सार्वजनिक यातायात बन्द भएपछि दुई वटा बसबाट यात्रुलाई  नि:शुल्क सेवा सेवा

    काठमाडौँ– नेपाल प्रहरीले यात्रुको सहजीकरणका लागि दुई वटा निस्शुल्क बस सेवा सञ्चालन गरेको छ। यातायात व्यवसायीको आन्दोलनले सार्वजनिक यातायात सेवा अवरुद्ध भएपछि आइतबार नेपाल प्रहरीले निस्शुल्क बस सेवा सञ्चालन गरेको हो।

    दुई वटा बस दुई वटा छुट्टाछुट्टै रुटमा चल्नेछन्। नेपाल प्रहरीले चलाएको उक्त बसमा यात्रा गर्दा भाडा तिर्नु नपर्ने प्रहरीले जनाएको छ।

    यातायात व्यवसायीहरूले गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजीलगायत ७ बुँदे मागसहित आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन्। सरकार र यातायात व्यवसायीहरूबीच सिंहदरबारमा वार्ता पनि भइरहेको छ।