प्रधानमन्त्री ओलीले पठाए रस्सियन कम्युनिष्ट पार्टीका महासचिवलाई निम्तो - Chaitanya News
  • 2026-11-16
  • 11:22:02
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रधानमन्त्री ओलीले पठाए रस्सियन कम्युनिष्ट पार्टीका महासचिवलाई निम्तो

    प्रधानमन्त्री ओलीले पठाए रस्सियन कम्युनिष्ट पार्टीका महासचिवलाई निम्तो

    काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रस्सियन कम्युनिष्ट पार्टीका महासचिव गेन्नाडी जुगानोभलाई नेपालको मैत्रीपूर्ण भ्रमणका लागि निमन्त्रणा पठाएका छन्।

    रस्सिया भ्रमणमा रहेका नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले शनिबार भएको भेटका क्रममा महासचिव जुगानोभलाई प्रधानमन्त्री ओलीले पठाएको निमन्त्रण पत्र हस्तान्तरण गरेका हुन्।

    महासचिव जुगानोभले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने वचन दिएको डा। भट्टराईले जनाएका छन्।

    भेटघाटमा दुई पार्टी तथा दुई देशको सम्बन्धका विविध विषयमाथि छलफल भएको जनाइएका छ।