करार कर्मचारी र अस्थायी राहत शिक्षकलाई सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गरिने सरकारको घोषणा - Chaitanya News
  • 2026-11-16
  • 12:01:13
  • सोमबार,मंसिर ०१, २०८३
  • करार कर्मचारी र अस्थायी राहत शिक्षकलाई सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गरिने सरकारको घोषणा

    करार कर्मचारी र अस्थायी राहत शिक्षकलाई सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गरिने सरकारको घोषणा

    काठमाडौँ– स्वीकृत दरबन्दीभित्र करार सेवामा रहेका कर्मचारी र अस्थायी राहत शिक्षकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्ने सरकारले घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन्।

    स्वीकृत दरबन्दीभित्र करार सेवामा रहेका कर्मचारी र अस्थायी राहत शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गरिनेछ। यसका लागि रोजगारदाता र योगदानकर्ताबाट १० प्रतिशत योगदानसहितको छुट्टै प्याकेज बनाई कार्यान्वयन गरिनेछ,” अर्थमन्त्री पौडेलले भने।