बिकास लामिछाने र गरिमा शर्माको म्युजिक सम्झनाका मिठा मिठा पलहरू’सार्वजनिक - Chaitanya News
  • 2026-05-24
  • 19:48:00
  • आइतबार,जेठ १०, २०८३
  • बिकास लामिछाने र गरिमा शर्माको म्युजिक सम्झनाका मिठा मिठा पलहरू’सार्वजनिक

    बिकास लामिछाने र गरिमा शर्माको म्युजिक सम्झनाका मिठा मिठा पलहरू’सार्वजनिक

    काठमाडौं – बिकास लामिछाने र गरिमा शर्माको म्युजिक भिडियो ‘सम्झनाका मिठा मिठा पलहरू’ सार्वजनिक भएको छ।

    अन्जु पन्त र किशोर शिवाकोटीको स्वर र रहेको गीतलाई गीतकार श्री सिवाले लेखेका हुन्। गीतमा संगीत भने गायक शिवाकोटीकै सुन्न सकिन्छ।

    दोलालघाट र मुडेमा खिचिएको गीत रोमान्टिक शैलीको गीत हो। गीतको म्युजिक भिडियोलाई दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन् । कोरियोग्राफी भने तेन्जु योञ्जनले गरेकी हुन्। भिडियोमा ड्रेससमेत उनले तयार परेकी हुन्।

    बुद्ध थापाले खिचेको म्युजिक भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र कलर, मनोज जोसीको प्रोड्कसन, बिक्रम गौतमको मेकअप समावेश रहेको छ।