लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-07-09
  • 04:58:58
  • बुधबार,आषाढ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. नेपालको पहिलो ग्रन्थचित्र कसलाई मानिन्छ ?
    A. प्रज्ञा पारमिता      B. पारिभोगिक    C. प्रज्ञा परमहंस     D. विश्वरुपिणी

    2. सन् १९९२ मा जैविक विविधता सम्बन्धी महासन्धी (Convention on Biological Diversity) कति राष्ट्रहरुले हस्ताक्षर गरेका थिए ?
    A. १७० राष्ट्र        B. १७८ राष्ट्र          C. १७७ राष्ट्र        D. १८० राष्ट्र

    3. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    1. चिपको आन्दोलन            a. सन् १९९२
    2. एजेन्डा –२१                    b. सन् १९९७
    3. क्योटो प्रोटोकल              c. सन् १९७१
    4. रामसार कन्भेन्सन         d. सन् १९७३
    A. 1d,2a,3c,4b               B. 1d,2c,3a,4b
    C. 1d,2a,3b,4c               D. 1d,2b,3a,4c

    4. नेपाल र भारत वीच भएका सन्धी सम्झौताको समय समपेक्ष परिमार्जन गर्न सन् २०१६ मा गठन भएको Eminent Person’s Group को नेपाल संयोजक को थिए ?
    A. नीलम्बर आचार्य        B. डा.राजन भट्टराई
    C. डा.भेष ब. थापा         D. सुर्यनाथ उपाध्याय

    5. तल उल्लिखित गरिएका मध्ये कुन चीन सरकारको सहयोगमा निर्माण गरिएको होइन् ?
    A. काठमाडौं–चक्रपथ               B. नारायण – मुग्लिङ सडक
    C. लामोसाँघु–जिरी सडक          D. अरनिको हाईवे

    6. जात्रा र मितिका आधारमा कुन जोडा गलत छ ?
    A. बिस्केट – बैशाख संक्रान्ति                 B. मातातिर्थ औशी – बैशाख कृष्ण औँशी
    C. कुम्भश्वर मेला – भाद्र शुक्ल तृतीया      D. गाईजात्रा – भाद्र कृष्ण प्रतिपदा

    7. नेपालको धार्मिक/पर्यटकीय स्थलको बारेमा नमिल्ने जोडाहरु कुन कुन हुन् ।
    स्थान जिल्ला
    a. विक्रमबाबा – चितवन
    b. बुढीनन्दा ताल – बाजुरा
    c. क्यान्जिन उपत्यका – धादिङ
    d. दाउन्ने देवी – नवलपरासी पश्चिम
    e. पञ्चासे – स्याङजा
    A. a र b मात्र           B. b र c मात्र          C. c, d र e मात्र            D.a र e मात्र

    8.संघ,प्रदेश र स्थानीय तह वीच अन्तरसम्बन्ध कायम गर्न तथा आपसी विवाद निरुपणका संयन्त्रहरु तलका मध्ये कुन हो /हुन ?
    A. राष्ट्रिय समन्वय परिषद र अन्तर प्रदेश परिषद       B. प्रदेश समन्वय परिषद र प्रदेश सभा
    C. संवैधानिक ईजलास र अन्तर सरकारी वित्त परिषद       D. माथिका सबै

    9.नेपालका राष्ट्रिय निकुञ्जको विशेषताको बारेमा कुन विकल्प सहि छ ?
    निकुञ्ज                            विशेषता
    a. शिवपुरी                   1. पाँटे बाघ पाईने
    b. पर्सा                         2. कालो भालु पाईने
    c. लामटाङ                  3. Red Panda पाईने
    d. मकालु – वरुण         4. कालो चितुवा पाईने
    A) a1,b2,c3,d4            B) a4,b1,c3,d2
    C) a4,b3,c2,d1             D) a2,b4,c1,d3

    10. सन् २०२५ मा हुने G-20 सम्मेलनको अध्यक्षता तलका मध्ये कुन देशले गर्दैछ ?
    A. ब्राजिल                B. द. अफ्रिका          C. रुस            D. इटाली

    11. १६ योजनाको लक्ष्य अनुसार आर्थिक वर्ष २०८५/८६ सम्ममा नेपालमा विधीको शासन सुचकांक कति पु¥याउने लक्ष्य छ ?
    A. ०.६०                  B. ०.६२५                 C. ०.६५            D. ०.६७५०

    12. क्षेत्रफलका आधारमा निम्न आसियानका राष्ट्रहरुको ठुलोबाट सानो क्रम कुन सहि हो ।
    A. म्यानमार, थाईल्याण्ड, इण्डोनेसिया, लाओस, कम्बोडिया
    B. ईण्डोनेसिया, म्यानमार, थाईल्याण्ड, कम्बोडिया, लाओस
    C. ईण्डोनेसिया, थाईल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस
    D. इण्डोनेसिया, म्यानमार, थाईल्याण्ड, लाओस, कम्बोडिया

    13. राष्ट्रिय जनगणना, २०७८  अनुसार कति प्रतिशत महिलाहरु परिवारमुली रहेका छन् ?
    A) 23.8%          B) 31.55%       C) 27.83%     D) 10.21%

    14. फ्रान्सेली राज्य क्रान्तिमा देहायको कुन विदेशी घटनाको प्रभाव परेको थियो ?
    A. समकालीन स्वतन्त्रमुखी विश्व लहर      B. बेलायतको गौरवमय क्रान्ति
    C. अमेरिकी स्वतन्त्रता संग्राम                  D. माथिका सबै

    15.World Heart Day कहिले मनाईन्छ ?
    A) Nov. 29          B) Sep. 29         C) Dec. 29       D) Jan. 29

    16. नेपालको प्रशासनिक ईतिहासमा तलका मध्ये कुन सही छ ?
    A. मुन्सिखानाले स्थापना रण ब.शाह र भिमसेन थापाले गरेका थिए ।
    B. कुमारी चोकको स्थापना प्रताप मल्लले गरेका हुन् ।
    C. उपत्यकामा “उजुरी पेटीका”चन्द्रशमशेरले बनाएका थिए ।
    D. कौशल अड्डाले न्याय सम्पादन सम्बन्धी कार्य गर्दथ्यो ।

    17. तलका मध्ये Package Deal अन्तर्गत UNO को सदस्यता प्राप्त गर्ने राष्ट्र कुन होइन ?
    A. अल्वानिया           B. जापान           C. आयरल्याण्ड          D. पोर्चुगल

    18. बेलायतले युरोपेली संघको सदस्यताबाट हट्ने निर्णय कहिले गरेको हो ?
    A. सन् २०१६ मार्च २३             B. सन् २०१६ जुन २३
    C. सन् २०१६ जुलाई २३          D. सन् २०१६ डिसेम्बर २३

    19. कुन कोड सही छ ? छनौट गर्नुहोस् ।
    a. नेपालमा सर्वप्रथम ATM Card प्रयोग गर्ने Bank, Himalayan Bank हो ।
    b. नेपालमा पहिलो Credit card प्रयोग गर्ने Bank, Everest Bank हो ।
    c. नेपालमा Online Banking सुरू गर्ने द्यबलप, Bank, Kumari Bank हो ।
    A. a,b, c सबै सहि                    B) a, b गलत C सही
    C) a, b सही, C गलत               D. सबै गलत

    20. जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् ।
    समूह I, समूह II,
    a. प्रकाशको गति,                                     1. हेनरी केभन्ष्डिस,
    b. पानीको संरचना, (हाइड्रोजन),              2. रोमर,
    c. क्वान्टम थ्योरी,                                       3. आर्किमिडिज,
    d. सापेक्षिक घनत्व र लिवरको सिद्धान्त,     4. मेक्स फ्लेङ्क,
    A) a-2, b-1,c-4, d-3             B) a-2, b-1,c-3, d-4
    C) a-1, b-4,c-2, d-3             D) a-1, b-2,c-3, d-4

    उत्तरहरूः

    1. A   11. A
    2. C   12. D
    3. C   13. B
    4. C   14. D
    5. C   15. B
    6. C   16. A
    7. C   17. B
    8. D   18. B
    9. B   19. B
    10. B  20. A