लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर) - Chaitanya News
  • 2025-05-15
  • 15:27:51
  • बिहिबार,जेठ ०२, २०८२
  • लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    नुमना प्रश्न 1. सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ बमोजिम प्रशासनिक कार्य सञ्चालनका आधारहरु उल्लेख गर्नुहोस् । ५

    नेपालमा प्रशासनिक कार्य सञ्चालनका आधार
    सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ अनुसार प्रशासनिक कार्य सञ्चालनका आधारहरु निम्नबमोजिमका रहेका छन् ।

    – राष्ट्र जनताको बृहत्तर हित
    – समन्याय र समावेशीकरण
    – कानूनको शासन
    – मानव अधिकारको प्रत्याभूति
    – पारदर्शिता, वस्तुनिष्ठता, जवाफदेयिता तथा इमान्दारिता
    – आर्थिक अनुशासन एवं भ्रष्चारमुक्त, चुस्त र जनमुखी प्रशासन
    – प्रशासन संयन्त्रको तटस्थता तथा निष्पक्षता
    – प्रशासनिक संयन्त्रमा र निर्णयमा सर्वसाधारण जनताको पहुँच
    – विकेन्द्रिकरण तथा अधिकार निक्षेपण
    – जनसहभागिता तथा स्थानीय स्रोतको अधिकतम उपयोग

    नमुना प्रश्न 2. सुशासन व्यवस्थापन तथा संचालन ऐन, २०६४ अनुसार मुलुकको प्रशासनिक कार्य सञ्चालन गर्दा नेपाल सरकारले अख्तियार गर्नुपर्ने नीतिहरु उल्लेख गर्नुहोस् । ५

    मुलुकको प्रशासनिक कार्य सञ्चालन गर्दा नेपाल सरकारले अख्तियार गर्नुपर्ने नीतिहरु
    सुशासन व्यवस्थापन तथा संचालन० ऐन, २०६४ अनुसार मुलुकको प्रशासनिक कार्य सञ्चालन गर्दा नेपाल सरकारले अख्तियार गर्नुपर्ने नीतिहरु देहायबमोजिमका रहेका छन्।
    -आर्थिक उदारीकरण
    -गरीबी निवारण
    -सामाजिक न्याय
    -प्राकृतिक तथा अन्य सार्वजनिक स्रोतको दीगो तथा कुशल व्यवस्थापन
    -महिला सशक्तिकरण तथा लैङ्गिक न्यायको विकास
    -वातावरणीय संरक्षण
    -जनजाति, दलित तथा आर्थिक तथा सामाजिक रुपमा पिछडिएका वर्गको उत्थान
    -दुर्गम क्षेत्रको विकास तथा सन्तुलित क्षेत्रिय विकास

    प्रशासनिक कार्य सञ्चालन गर्दा अपनाउनु पर्ने कार्यविधि
    -निश्चित कार्यविधि अवलम्बन गर्नु पर्ने
    -निश्चित समयावधिभित्र निर्णय गर्नु
    -निर्णय गर्दा पारदर्शिता कायम गर्नु १७। निर्णय गर्दा आधार र कारण खुलाउनु पर्नेः यस ऐन वा अन्य प्रचलित कानूनबमोजिम निर्णय गर्दा सम्बन्धित पदाधिकारीले गरेको निर्णय कुन कुन कुरामाआधारित छ र त्यस्तो निर्णय किन गर्नु परेकोहो सोको स्पष्ट आधार र कारणखुलाई निर्णय गर्नु पर्नेछ ।
    -स्वार्थ बाझिएमा निर्णय गर्न नहुनेः
    -कार्य सम्पादन करार गर्न
    -सार्वजनिक चासोको विषयकार्यान्वयन गर्दा सरोकारवाला तथा नागरिक समाजसँगपरामर्श गर्न सकिनेः
    -आफ्नो जिम्मेवारी पन्छाउन नहुनेः
    -अधिकार प्रत्यायोजन गर्न सक्नेः
    – पदीय वा पेशागत आचरण सम्बन्धी व्यवस्थाः

    सार्वजनिक पद धारण गरेकोव्यक्तिले आफु पदमा बहाल रहँदा वा जुनसुकै कारणले अवकाश प्राप्त गरेको मितिलेतोकिए बमोजिमको अवधिसम्मका लागि तोकिए बमोजिमको पदीय वा पेशागतआचरण पालना गर्नु पर्नेछ ।
    पालना गर्नु पर्ने पदीय वा पेशागत आचरण देहायकापदाधिकारीको लागि देहाय बमोजिमका निकाय वा अधिकारीले बनाउनेछः –
    क) न्यायधीशका लागि न्याय परिषद्ले
    ख) संवैधानिक निकायका पदाधिकारी तथा त्यस्तो निकायका कर्मचारीका लागिसम्बन्धित संवैधानिक निकायल
    ग) निजामती सेवाका कर्मचारीका लागि नेपाल सरकार, मन्त्रिपरिषद्ले
    घ) अदालतमा कार्यरत निजामती कर्मचारीका लागि सर्वोच्च अदालतले,
    ङ) सरकारी वकिल तथा सरकारी वकिलको कार्यालयमा कार्यरत कर्मचारीका लागि महान्यायाधिवक्ताले
    च) प्रचलित कानून बमोजिम गठन भएका सङ्गठित संस्थाका प्रमुखका लागि सम्बन्धितमन्त्रालयले र अन्य कर्मचारीका लागि सम्बन्धित सङ्गठित संस्थाले
    छ)व्यवस्थापिका–संसद सिचवालयका कर्मचारीका लागि व्यवस्थापिका संसद सचिवालयसञ्चालन तथा व्यवस्थापन समितिले
    ज) माथिका खण्डहरुमा लेखिए देखि बाहेक अन्य सार्वजनिक पद धारण गरेका व्यक्तिकोलागि तोकिएको अधिकारीले ।

    नमुना प्रश्न 3. सुशासन व्यवस्थापन तथा संचालन ऐन, २०६४ अनुसार नागरिक बडापत्रमा उल्लेख हुनुपर्दे विषयहरु उल्लेख गर्नुहोस् । ५
    नागरिक बडापत्रमा उल्लेख हुनुपर्ने विषय
    सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ अनुसार नागरिक बडापत्र सबैले देख्ने ठाँउमा देहायबमोजिमका विवरणहरु उल्लेख गरी तयार गरिनुपर्दछ ।

    -कार्यालयले दिने सेवा र त्यसको प्रकृति
    -सेवाग्राहीले सेवा प्राप्त गर्न पुरा गर्नुपर्ने कार्यविधि
    -सेवा प्रदान गर्न लाग्ने समयावधि
    -सेवा प्रदान गर्ने पदाधिकारी र निजको कार्यकक्षको विवरण
    -सेवा प्राप्त गर्न कुनै दस्तुर तथा अन्य रकम लाग्ने भए सोको विवरण
    -तोकिए बमोजिमका अन्य कुराहरु

    गुनासो व्यवस्थापन सम्बन्धमा सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ मा रहेका व्यवस्था
    गुनासो व्यवस्थापन सम्बन्धमा सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ मा देहायबमोजिमका व्यवस्थाहरु गरिएका छन् ।
    -प्रत्येक सरकारी कार्यालयले आफ्नो काम कारबाहीको गुणस्तर, प्रभावकारीता तथा त्यसमा हुन सक्ने अनियमितताको सम्बन्धमा गुनासोको प्रयोजनार्थ सबैले देख्ने ठाँउमा गुनासो पेटिका राख्नुपर्ने
    -सो गुनासो पेटीकामा जोसुकैले गुनासो पेश गर्न सक्ने
    -सरकारी कार्यालयका जिम्मेवार अधिकृतले प्रत्येक ३ दिनमा १ पटक अन्य कर्मचारीको रोहबरमा गुनासो पेटिका खोल्नुपर्ने
    -प्राप्त भएका गुनासो सरकारी कार्यालयका प्रमुखको आचरण सँग सम्बन्धित रहेछन् भने सो माथिल्लो निकायमा पठाउनुपर्ने
    -गुनासो सम्बन्धमा गरिएको कारबाहिको जानकारी सम्बन्धित सूचना पाटीमा टाँस गर्नुपर्ने
    -कार्यालयसँग असम्बन्धित विषयमा गुनासो प्राप्त भएमा गुनासो गर्ने सम्बन्धित व्यक्तिको पहिचान भएमा निजलाई जानकारी दिई फिर्ता गर्ने र पहिचान नभएमा सो विवरण सम्बन्धित कार्यालयको सूचना पाटीमा टाँस गर्नुपर्नेघुम्ती सेवा
    -कार्यालयबाट सेवा प्राप्त गर्न कठिनाई भोगिरहेका सेवाग्राहीलाई लक्षित गरी उनीहरुको प्रत्यक्ष पहुँचमा सेवा प्रदान गर्ने कार्य हो घुम्ती सेवा ।
    -सेवाग्राहीको घरदैलोमै गई सेवा प्रवाह गर्ने कार्यलाई घुम्ति सेवा भनिन्छ ।सुशासन ऐन, २०६४ को व्यवस्थाअनुसार प्र।जि।अ लाई देहायबमोजिमका वर्गलाई लक्षित हुने गरी घुम्ति सेवा सञ्चालन गर्नुपर्ने कानूनी व्यवस्था गरिएको छ ।
    -कार्यालयबाट तुलनात्मक रुपमा टाढा रहेका समुदाय वा सेवाग्राही
    -कुनै कारणले सार्वजनिक सेवा प्राप्त गर्न कठिनाई भोगिरहेका सेवाग्राही
    -तुलनात्मक रुपमा पिछडिएका क्षेत्रका वर्गका सेवाग्राही सार्वजनिक सुनुवाई
    -सरकारी निकायहरुले सार्वजनिक सेवा, जनगुनासो र जनसरोकारका मुद्दालाई जनतासामु प्रस्तुत गर्ने कार्यलाई सार्वजनिक सुनुवाई भनिन्छ ।
    -सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ मा सरकारी कार्यालयले कम्तिमा ४ महिनाको १ पटक सार्वजनिक सुनुवाई गर्नुपर्ने व्यवस्था गरेको छ ।

    -सार्वजनिक सुनुवाई गर्दा देहायबमोजिमका विषयहरु खुलाउनुपर्ने कानूनी प्रावधान रहको छ ।
    आफ्नो कार्यालयबाट सेवाग्राहीहरुलाई उपलब्ध गराईएका वा गराईने सेवा सुविधाहरुको बारेमा जानकारी दिने विषय
    आफ्नो कार्यालयसँग सम्बन्धित समस्या, जनगुनासो तथा उजुरी
    आफ्नो कार्यालयबाट चालु आर्थिक बर्षमा सञ्चालन गर्न लागिएका योजना, परियोजना, कार्यक्रम बजेट आदिका बारेमा सम्बन्धित सरोकारवाला तथा अन्य ईच्छुकलाई विस्तुत जानकारी दिने विषय
    कार्यालयले आफूले सञ्चालन गरेका कार्यक्रमको सकारात्मक वा नकारात्मक प्रभावबारे मूल्याङ्कन गर्ने विषय
    अघिल्लो सार्वजनिक सुनुवाईमा ‍औंल्याईएका विषयमा भएका सुधारको उपलब्धी
    अन्य समसामयिक विषय

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100