लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-24
  • 10:16:46
  • आइतबार,जेठ १०, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. समूह I र समूह II वीच जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् ।
    समूह I                        समूह II
    a. ISO-5000           1. खाद्य सुरक्षा
    b. ISO-9000           2. वातावरण व्यवस्थापन
    c. ISO-14000          3. वस्तुको गुणस्तर
    d. ISO-22000         4. उर्जा
    A) a4,b3,c2,d1        B) a1,b2,c3,d4        C) a4,b3,c1,d2       D) a3,b2,c1,d4

    2. दिगो विकासको लक्ष्यमा (Goal Number -5 ) मा के विषय उल्लेख गरिएको छ ?
    A. गरिबी            B) Zero Hunger        C. गुणस्तरीय शिक्षा     D. लैङ्गिक समानता

    3. क्षेत्रफलका आधारमा ठूला भुपरिवेष्ठित मुलुकहरु क्रमशः कुन क्रम सहि छ ?
    A. मंगोलिया, काजकिस्तान, चाड, नाईजर, मालि

    B. काजकिस्तान, चाड, मंगोलिया, नाईजर, मालि
    C. काजकिस्तान, मंगोलिया, चाड, मालि नाईजर,

    D. काजकिस्तान, मंगोलिया, चाड, नाईजर, मालि

    4. देहायका भनाई अध्ययन गरी गलत भनाई रोज्नुहोस् ।
    १) अन्टार्कटिका महादेहशले सबैभन्दा बढी खनिज पदार्थ भएको महादेश
    २) अन्टार्कटिका महादेशको ८०% भूभाग हिउँले ढाकेको छ ।
    ३) अन्टार्कटिका महादेशको सबैभन्दा अग्लो भू–भाग भिन्सन म्यासिफ (४,८९२ मि.) हो ।
    ४) अन्टार्कटिका विश्वको छैटौं ठूलो महादेश हो ।
    A. १ र २ गलत        B. २ र ४ गलत       C. २ र ३ गलत        D. ४ मात्र गलत

    5. सिंगमरमर (Marble) र सिमेन्टको प्रयोग कुन सभ्यताबाट शुरुवात भएको हो ?
    A. चिनिया सभ्यता       B. युनानी सभ्यता        C. रोमको सभ्यता      D. सिँन्धुघाँटीको सभ्यता

    6. “सल्यानटार” कुन जिल्लामा पर्दछ ?
    A. भोजपुर              B. धादिङ              C. नुवाकोट               D. सल्यान

    7. पुर्व देखि पश्चिमको क्रमका आधारमा नेपालका सहरहरुको निम्न कुन समुह ठिक हो ?
    A. भद्रपुर, भरतपुर, बुटवल, तौलीहवा      B. भरतपुर, भद्रपुर, तौलीहवा, बुटवल,
    C. भद्रपुर, बुटवल, भरतपुर, तौलीहवा,     D. भरतपुर, भद्रपुर, बुटवल, तौलीहवा,

    8. युरिया बनाउन कुन–कुन ग्यास प्रयोग गरिन्छ ?
    A) O2&N2          B) CO2+N2         C) NH3+CO2     D) NH3+O2

    9. जोडा मिलाउनुहोस् र उत्तम विकल्प छनौट गर्नुहोस् ।
    ताल                                  जिल्ला                         कोड
    a. तमोर घैला ताल      1. गोरखा                      A) a-2,b-1,c-4,d-3
    b. रुन्चे ताल               2. अछाम                       B) a-4,b-1,c-2,d-3
    c. गाग्रे ताल                3. खोटाङ                     C) a-4,b-1,c-4,d-2
    d. बराह ताल             4. चितवन                        D) a-1,b-2,c-3,d-4

    10. तलका कथनहरु अध्ययन गर्नुहोस् ।
    १. लिच्छविकालिन दण्डहरु वाकदण्ड, धन दण्ड, धिक दण्ड, वध दण्ड हुन ।
    २. लिच्छविकालिन त्रिकर (भाग, भोग,करलाई भनिन्छ ।
    ३. लिच्छविकालिन समयमा सेनापतिलाई महावलाध्यक्ष भनिन्थ्यो ।
    ४. लिच्छविकालिन भट्टधिकरण अड्डाले जाँत र धर्मको रेखदेख गर्ने काम व्यवस्थापन गरिन्थ्यो ।
    माथिका कथनहरु कुन सही हुन् ।
    a. सबै सहि                                  B. २,३ र ४ सही र १ गलत
    C. ३ गलत १,२ र ४ सही              D. ४ गलत १,२ र ३ सही

    11. कर्णाली प्रदेशका (बाईसे राज्यमा) तलका मध्ये कुन पर्दैन् ?
    A. जुम्ला                    B. ईस्मा              C. रासकोट             D. दर्ना

    12. विभिन्न कृति र सो का रचियता विचको जोडा कुन गलत छ ?
    i. प्रेमालय – अश्विनी कोईरला ii. दोचा -कुमार नगरकोटी
    iii. छाउघर – राज सरगम iv. खैरेनी घाट -राजेश्वर देवकोटा
    A) i,iiiर iv मात्र          B) ii, iv मात्र             C) i मात्र            D) iv मात्र

    13. राष्ट्रिय जनगणना २०७८ का आधारमा जोडा मिलाई कोडबाट सहि उत्तर दिनुहोस् ।
    समूह I समूह II कोडः
    a. राउटे              1. ८४७ जना                A) a-2, b-3, c-4, d-1
    b. कुसुण्डा         2. ५६६ जना               B) a-2, b-3, c-1, d-4
    c. नुराङ             3. २५३ जना               C) a-4, b-3, c-2, d-1
    d. कोचे              4. ३६ जना                  D) a-1, b-2, c-3, d-4

    14. दुरा जातिका मानिसहरुको बसोबास रहेको जिल्ला कुन हो ?
    A. लमजुङ                B. बाँके             C. झापा             D. बारा

    15. राष्ट्रिय जनगणना, २०७८ अनुसार महिला परिवारमुली रहेका परिवार कति प्रतिशत रहेका छन् ?
    A) 31.55%               B) 37.5%           C) 35.5%          D) 40.5%

    16. १६ औ योजनाले योजनाको अन्त्य सम्ममा कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान कति प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ?
    A) 4%                  B) 7%                 C) 5%                   D) 2%

    17. नेपाललाई सर्वप्रथम औपचारिक वैदेशिक सहायता कुन राष्ट्रबाट प्राप्त भएको थियो ?
    A. भारत                     B. चीन             C. जापान                   D. अमेरिका

    18. सार्वजनिक संस्थानको वार्षिक स्थिति समिक्षा २०८१ अनुसार आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै नाफा कमाउने संस्थानको कुन चाहि क्रम सही छ ?
    A. नेपाल आयल निगम, नेपाल दुरसञ्चार कम्पनी लि.नेपाल विद्युत प्राधिकरण, नागरिक लगानी कोष
    B. नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल दुरसञ्चार कम्पनी, नागरिक लगानी कोष
    C. नेपाल आयल निगम, नागरिक लगानी कोष, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिभिजन
    D. निक्षेप तथा कर्जा सुरक्षण कोष, नागरीक लगानी कोष, नेपाल दुरसञ्चार कम्पनी, नेपाल विद्युत प्राधिकरण

    19.कुन भनाई गलत छ ?
    A. वाटर ग्लास – पानीमा घुल्दँन् ।

    B. साधारण काँच – कम तापक्रममा पग्लन्छ ।
    C. वोरोसिलिकेट काँच – रसायनसँग प्रत्रिक्रिया गर्दैन ।

    D. लेड–क्रिष्टल काँच – रिफ्राक्टिभ इन्डेक्स बढी हुन्छ ।

    20.E=mc2 सुत्र प्रतिपादन गर्ने वैज्ञानिक को हुन् ?
    A) Archimedes       B) Newton            C) Galileo           D) Albert Einstein

    उत्तरहरू:

    1. A      11. B
    2. D     12. D
    3. D     13. A
    4. B     14. A
    5. C     15. A
    6. B     16. B
    7. A     17. D
    8. C     18. B
    9. B    19. A
    10. C   20. D