अंश मुद्दामा फरार पोखरा वडा नं.–१६ का ६ जना पक्राउ - Chaitanya News
  • 2026-06-03
  • 07:48:18
  • बुधबार,जेठ २०, २०८३
  • अंश मुद्दामा फरार पोखरा वडा नं.–१६ का ६ जना पक्राउ

    अंश मुद्दामा फरार पोखरा वडा नं.–१६ का ६ जना पक्राउ

    पोखरा– जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दामा फरार रहेका पोखरा महानगरपालिका वडा नं. १६ का ६ जनालाई पक्राउ गरेको छ।

    जिल्ला अदालत कास्कीले २०७८ पुस १६ गते अंश मुद्दामा उनीहरू सबैलाई एकैसाथ जनही १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

    सोही दिनदेखि उनीहरू फरार रहेको भन्दै कास्की प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि अदालत पेश गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १६ का ६० वर्षका हुमनाथ आचार्य, वर्ष ३५ का ध्रुवप्रसाद आचार्य, ५७ वर्षकी डिलमाया आचार्य छन्।

    यसै गरी पोखरा–१६ कै वर्ष ३५ का लीलाधर आचार्य, वर्ष २९ का दीपक आचार्य र २१ वर्षकी सृजना आचार्य पनि सोही मुद्दामा पक्राउ परेकी छन्।