लुम्बिनी प्रदेश सरकारले दुई सचिवहरूको जिम्मेवारी तोक्यो - Chaitanya News
  • 2026-05-24
  • 09:19:43
  • आइतबार,जेठ १०, २०८३
  • लुम्बिनी प्रदेश सरकारले दुई सचिवहरूको जिम्मेवारी तोक्यो

    लुम्बिनी प्रदेश सरकारले दुई सचिवहरूको जिम्मेवारी तोक्यो

    काठमाडौँ– लुम्बिनी प्रदेश सरकारले संघीय सरकारले पठाएका दुई जना प्रदेश सचिवहरूको जिम्मेवारी तोकेको छ । आज (बुधवार) बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेस गरेको सचिवहरूको जिम्मेवारी तोक्ने प्रस्तावलाई स्वीकृत गरेको मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार वसन्त प्रसाद कोइरालालाई सामाजिक विकास मन्त्रालय र प्रमोद भट्टराईलाई वन तथा वातावरण मन्त्रालयको सचिवका रूपमा जिम्मेवारी तोकिएको छ।