निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद बढ्यो - Chaitanya News
  • 2026-10-13
  • 23:17:41
  • मंगलबार,आश्विन २७, २०८३
  • निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद बढ्यो

    निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद बढ्यो

    काठमाडौँ– निजामती कर्मचारीहरूको अनिवार्य अवकाश हुने उमेर हद बढाउने विषयमा सहमति भएको छ। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा बनाएको उपसमितिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई बुझाएको प्रतिवेदनमा कर्मचारीहरूको अनिवार्य अवकाश उमेर हद चरणबद्ध रूपमा बढ्ने व्यवस्थामा सहमति जुटेको उल्लेख छ।

    अहिले निजामती कर्मचारीहरूको उमेर हद ५८ वर्ष छ।

    संघीय निजामती सेवा ऐन प्रारम्भ भएको ६ महिनासम्म ५८ वर्ष ६ महिना उमेर हद हुनेछ। उक्त अवधि समाप्त भएपछिको एक वर्षसम्म ५९ वर्ष छ महिना र उक्त अवधि समाप्त भएपछिको छ महिनासम्म ६० वर्ष भन्ने उल्लेख छ।