शीर्ष तहमा छलफल गरेर निजामती विधेयक टुंग्याइने - Chaitanya News
  • 2026-05-24
  • 09:20:49
  • आइतबार,जेठ १०, २०८३
  • शीर्ष तहमा छलफल गरेर निजामती विधेयक टुंग्याइने

    शीर्ष तहमा छलफल गरेर निजामती विधेयक टुंग्याइने

    काठमाडौँ– निजामती विधेयकमा मिल्न बाँकी रहेका विषयमा शीर्ष नेतृत्वबीच छलफल गरेर टुंगो लगाइने भएको छ। आज (बुधबार) बाट यो विधेयकमाथिको छलफल सकिएको छ। आज बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकबाट विधेयक पास गर्ने तयारी गरिएको थियो।

    सोही तयारीस्वरुप प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि समितिमा बोलाइएको थियो। ‘प्रचण्ड’ समितिका सदस्य पनि हुन्। तर, उनीहरू दुवै बैठकमा उपस्थित भएनन्।

    समितिका सभापति रामहरि खतिवडाका अनुसार, अब विधेयकमाथि शीर्ष तहमा छलफल गर्ने तयारी छ। ‘प्रचण्ड’ले प्रधानमन्त्री ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग विधेयकका केही जटिल विषयमा कुरा गर्ने बताएका छन्।

    कुलिङ पिरियड, प्रदेश सचिव, प्रमुख प्रशासकीय अधिकृत लगायतका महत्त्वपूर्ण विषयमा ‘प्रचण्ड’ले छलफल गर्न खोजेका हुन्।