४७ सहसचिवहरूसहित तीन उपमहानगरपालिकाका कार्यकारी अधिकृतहरूको सरुवा - Chaitanya News
  • 2026-05-24
  • 09:20:17
  • आइतबार,जेठ १०, २०८३
  • ४७ सहसचिवहरूसहित तीन उपमहानगरपालिकाका कार्यकारी अधिकृतहरूको सरुवा

    ४७ सहसचिवहरूसहित तीन उपमहानगरपालिकाका कार्यकारी अधिकृतहरूको सरुवा

    काठमाडौँ– मन्त्रिपरिषद्को गत (सोमबार) बसेको बैठकले ४७ सहसचिवहरूको सरुवा गरेको छ भने, तीन उपमहानगरपालिकाका कार्यकारी अधिकृतहरूको पनि सरुवा गरेको छ।

    हिजो (मंगलबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको एक सूची अनुसार इटहरी, जनकपुर र नेपालगन्ज उपमहानगर पालिकाका प्रमुख कार्यकारी अधिकृतहरूको सरुवा गरिएको छ।

    सरुवा सूचीको २२ नम्बरमा नेपालगन्ज उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्कालाई सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, २३ नम्बरमा इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज भुसाललाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा गरिएको उल्लेख छ।

    त्यस्तै सूचीको ३० नम्बरमा जनकपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ।

    प्रमुख प्रशासकीय अधिकृत सरुवा गरिएका स्थानमा नयाँलाई सरुवा गरेर जिम्मेवारी दिइएको छैन।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भने कुनै पनि सहसचिवहरूले जान नचाहेकाले सरुवा नगरिएको बताएको छ। उपसचिवलाई जिम्मेवारी दिन सहसचिवहरूलाई दबाबमा झिकिएको स्रोत बताउँछ।