१४ पटकको अथक प्रयासपछि लोक सेवामा आराधनाको शानदार सफलता - Chaitanya News
  • 2025-05-15
  • 15:45:12
  • बिहिबार,जेठ ०२, २०८२
  • १४ पटकको अथक प्रयासपछि लोक सेवामा आराधनाको शानदार सफलता

    १४ पटकको अथक प्रयासपछि लोक सेवामा आराधनाको शानदार सफलता

    लोकसेवा परीक्षामार्फत् सरकारी सेवामा प्रवेश गर्ने चाहना सबैमा हुन्छ। यही चाहनालाई साकार पर्ना हजारौ परीक्षार्थीहरू परीक्षामा सामेल हुन्छन्। तर, केही मात्रै सफल हुन्छन्। असफल हुने केही परिक्षार्थीहरूले यो कठिन झमेलामा फस्न चाहदैनन् र लोक सेवाको फर्म भर्ने झन्झटबाट मुक्त हुन्छन् । तर, कुनै असफल परीक्षार्थीहरू एक र अनेकौं पटकको असफलताबाट आत्तिँदैनन् र परीक्षामा सामेल भइरहन्छन् । अन्ततः सफलता हासिल गरिछाड्छन् ।सरकारी सेवा, अझ त्यसमा पनि निजामती सेवामा प्रवेश गर्ने प्रत्येक व्यक्तिको सपना हुन्छ। तर, यस्तो अवसर बिरलै मान्छेले मात्रै पाउँछन्। आराधना झा निजामती सेवाका तिनै बिरलै व्यक्तिमध्ये एक हुन्, जसले १४औँ पटकको प्रयास पछि सफलता हात पारेकी छन्। प्रयास गरे असम्भव केही छैन” भन्ने भनाइलाई सार्थक बनाउँदै १४औँ पटकको प्रयासपछि लोक सेवा आयोगको कठिन परीक्षामा शानदार सफलता हासिल गरेकी हुन्।

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहमा जन्मेकी आराधना झालेको यो यात्रा सामान्य थिएन । उनको यो सघर्ष बागमती प्रदेशको सहायक पाँचौँ तहमा सिफारिससम्म पुग्नु हो, जुन कुनै साधारण सघर्ष होइन। धेरै जसोले १–२ पटकको असफलतामा नै हार मान्ने परिस्थितिमा आराधनाले १४ पटकसम्ममा पनि कहिले हरेस खाइनन् कहिले हार मानिन् अटल संघर्ष र निरन्तरताले आज उनलाई प्रेरणाको स्रोत बनाएको छ।

    आराधना झाको लोक सेवा यात्रा विक्रम संवत् २०७९–८० बाट सुरु भएको थियो । पहिलो प्रयासमा उनले नेपाल विद्युत् प्राधिकरणको सिनियर मिटर पदका लागि आवेदन दिएकी थिइन्, तर असफल भइन्। त्यसपछि मिटर रिडिङ सुपरभाइजर पदमा पनि उनले सफलता हात पार्न सकिनन्। यद्यपि, उनले हिम्मत हारिनन् । संघीय नायब सुब्बा, कोशी, गण्डकी, लुम्बिनी, बागमतीलगायत विभिन्न प्रदेशका नायब सुब्बा, पाँचौँ र चौथो तहका विज्ञापनहरूमा सहभागी हुँदै उनले क्रमशः प्रथम पत्रमा सफलता हासिल गर्न थालिन्।

    आराधनाको यो यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, यो हजारौँ युवा, विशेष गरी महिलाहरूका लागि प्रेरणाको उज्यालो किरण हो । उनले समाजले बनाएका सीमाहरूलाई नाघेर आफ्नो क्षमता प्रमाणित गरिन्। बारम्बार असफलता भोग्दा पनि उनले हार मानिनन्, न त थाकिन् । उनको अनुशासन, धैर्य र दृढ इच्छाशक्तिले महिलाहरू पनि हरेक क्षेत्रमा सक्षम र प्रतिस्पर्धी छन् भन्ने सन्देश दिएको छ ।

    “निरन्तर प्रयास गर्नुहोस्, तपाईँ अवश्य सफल हुनुहुन्छ,” आराधनाले आफ्नो अनुभव सुनाउँदै युवाहरूलाई प्रेरित गरेकी छन् । उनको यो सन्देशले धेरैलाई निराशाको अँध्यारोबाट आशाको उज्यालोतर्फ डोर्‍याउने शक्ति राख्दछ ।

    लगनशिलताले निरन्तर मेहेनतले मलाई आज सफलता दिलायो झा भन्छिन् । तयारीको सबै चरणमा मलाई पढाई लेखाईमा कहिले पनि बोझ र भारी लागेन । लोकसेवा तयारीमा रहेकालाई आत्माविश्वास बढाएर परिक्षामा सहभागि हुन झाले सुभाव दिइन् ।

    लोकसेवा तयारी गर्नेले नियमित अध्ययन, लेखाईको अभ्यासर नाम निकालेकाहरुसँग छलफल गर्नुपर्छ आराधना झालेले भनिन् । आवश्यक सामाग्रीमा विशेष ध्यान दिनुपर्ने आराधना बतान्छिन् । विभिन्न सरकारी प्रतिवेदन र पत्रपत्रिकाको नियमित अध्ययन गर्नुपर्छ । सन्तुलित लेखाई र तथ्य फरक विश्लेषण विषयवस्तुको सहि छनोट र आफैप्रतिको आत्माविश्वासलाई वुद्धि गराउदै लैजान पर्छ उनले भनिन् । लोकसेवपामा क्याम्पसमा पढेजस्तो चाही हुँदैन । लोकसेवा पढ्दा मेहेनत चाही गर्नै पर्छ । दैनिक ८–९ घण्टा पढ्ने बानिको विकास गर्नुपर्छ । अर्को पढाईलाई निरन्तरता पनि दिनुपर्छ । यदि पढाईलाई विच्चमै छोड्यो भने न त यता न त उताको भइन्छ । लोकसेवाको पढाई आफैमा कठिन र चुनौतिपूर्ण भएपनि आत्मा विश्वास, लगनशिलता, नियमित अध्ययन र अभ्यासले सफलता प्राप्त गर्न सकिने उनको निष्कर्ष छ ।