१२ को परीक्षा सरेको छैन, सामाजिक सञ्जालमा आउने भ्रामक सूचनाको भर नपर्नुहोला : राष्ट्रिय परीक्षा बोर्ड - Chaitanya News
  • 2026-07-17
  • 11:00:31
  • शुक्रबार,साउन ०१, २०८३
  • १२ को परीक्षा सरेको छैन, सामाजिक सञ्जालमा आउने भ्रामक सूचनाको भर नपर्नुहोला : राष्ट्रिय परीक्षा बोर्ड

    १२ को परीक्षा सरेको छैन, सामाजिक सञ्जालमा आउने भ्रामक सूचनाको भर नपर्नुहोला : राष्ट्रिय परीक्षा बोर्ड

    काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को परीक्षा नसरेको स्पष्ट पारेको छ।

    सामाजिक सञ्जालमा बोर्डको लेडरप्याडमा अध्यक्षको हस्ताक्षर राखेर परीक्षा स्थगित भएको भ्रमपूर्ण सूचना सेयर हुन थालेपछि बोर्डले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो।

    बोर्डले यस्ता भ्रामक सूचनाको भर नपर्न र आधिकारी वेबसाइटमा प्रकाशित सूचनालाई मात्र ध्यान दिन आग्रह गरेको छ।

    त्यस्तै, विद्यार्थीहरूलाई धैर्यतापूर्वक परीक्षाको तयारीलाई निरन्तरता दिन आग्रह पनि गरिएको छ।