गृहद्धारा ७ वरिष्ठ अध्यागमन अधिकृतसहित १३ उपसचिवको सरुवा - Chaitanya News
  • 2026-05-24
  • 05:02:47
  • शनिबार,जेठ ०९, २०८३
  • गृहद्धारा ७ वरिष्ठ अध्यागमन अधिकृतसहित १३ उपसचिवको सरुवा

    गृहद्धारा ७ वरिष्ठ अध्यागमन अधिकृतसहित १३ उपसचिवको सरुवा

    काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका ७ जना वरिष्ठ अध्यागमन अधिकृत (उपसचिव) सहित कुल १३ उपसचिवहरूको सरुवा भएको छ।

    गृह मन्त्रालयले विमानस्थलमा कार्यरत अधिकृतहरूलाई फिर्ता बोलाएर विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, निर्देशक र उपसचिवहरूलाई नयाँ जिम्मेवारी दिएको हो।

    गृह मन्त्रालयका अनुसार फिर्ता बोलाइएका वरिष्ठ अध्यागमन अधिकृतहरूमा सीता परियार, बाबुलाल रेग्मी, सत्यराज जोशी, तारानाथ पनेरु, माधव प्रसाद ढुंगाना, फणीन्द्र दाहाल र सूर्य प्रसाद उपाध्याय रहेका छन्। यीमध्ये रेग्मीलाई जिल्ला प्रशासन कार्यालय पर्साको सहायक प्रमुख जिल्ला अधिकारी र जोशीलाई रामेछापको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ। बाँकी पाँच जनालाई भने गृह मन्त्रालयमा तानिएको छ।

    यसैगरी, अध्यागमन कार्यालयमा नयाँ खटाइएका उपसचिवहरूमा अध्यागमन विभागका निर्देशक ईश्वरी दत्त पनेरु, कारागार कार्यालय डिल्लीबजारका निर्देशक पूर्ण बहादुर खत्री, जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य, जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी फणीन्द्र प्रसाद पौडेल, जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने र गृह मन्त्रालयका उपसचिव खेम राज उपाध्याय रहेका छन्।