आज सार्वजनिक विदा - Chaitanya News
  • 2026-11-09
  • 04:24:15
  • आइतबार,कार्तिक २३, २०८३
  • काठमाडौं- आज सार्वजनिक बिदा रहेको छ। उँधौली पर्व र यःमरि पुन्हिको अवसरमा सरकारले यसअघि नै आज सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।

    उँधौली पर्व नेपाल साथै संसारभर छरिएर बसोबास गर्ने भुमिपुत्र मूलवासी किराँत समुदायले विशेषतः सुनुवार, राई, लिम्बु र याख्खाहरुले मनाउने महान् चाड हो। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने उँधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ।

    यसैगरी यःमरि पुन्हि नेवार समुदायले मनाउने पर्व हो। यो दिन विशेष प्रकारको परिकार( यःमरि)बनाएर खाने गर्दछन्। नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार योमरी खाने चलन छ।