मंसिर २९ भित्र ७७ वटै जिल्ला कमिटीलाई समीक्षा रिपोर्ट पठाउन एमालेको निर्देशन - Chaitanya News
  • 2026-05-05
  • 17:08:00
  • मंगलबार,बैशाख २२, २०८३
  • मंसिर २९ भित्र ७७ वटै जिल्ला कमिटीलाई समीक्षा रिपोर्ट पठाउन एमालेको निर्देशन

    मंसिर २९ भित्र ७७ वटै जिल्ला कमिटीलाई समीक्षा रिपोर्ट पठाउन एमालेको निर्देशन

    काठमाडौं– नेकपा एमालेले मंसिर २९ भित्र निर्वाचनको समीक्षा रिपोर्ट पठाउन ७७ वटै जिल्ला कमिटीलाई निर्देशन दिएको छ। बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यालय बैठकले मंसिर ४ मा सम्पन्न आम निर्वाचनको समीक्षा रिपोर्ट मंसिर २९ भित्र केन्द्रमा पठाइसक्न निर्देशन दिएको सचिव योगेश भट्टराईले जानकारी दिए।

    साथै बैठकले अध्यक्षसँगको सल्लाहमा चाँडै केन्द्रीय सचिवालय बैठक बोलाउने निर्णय समेत गरेको छ। सचिवालय बैठकपछि केन्द्रीय समिति बैठकमार्फत समेत निर्वाचनको समीक्षा गर्ने एमालेको तयारी छ। केन्द्रीय कार्यालय बैठकले प्रतिकूल परिस्थितिका बाबजुद निर्वाचनमा एमालेले ल्याएको परिणामलाई ठिकै भएको निष्कर्ष निकालेको छ।