प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्धको महाअभियोगका तीनै प्रस्तावकले चुनाव हारे - Chaitanya News
  • 2026-05-05
  • 17:08:36
  • मंगलबार,बैशाख २२, २०८३
  • प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्धको महाअभियोगका तीनै प्रस्तावकले चुनाव हारे

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्धको महाअभियोगका तीनै प्रस्तावकले चुनाव हारे

    काठमााडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र संसद सचिवालयले दिएको छ।

    २०७८ फागुन १ गते सत्ता गठबन्धनले संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै चोलेनद्र सर्वोच्च फर्किने तयारीमा छन्।

    उनले बालुवाटारस्थित निवासमा आफूनिकटस्थहरुलाई सर्वोच्च फर्किन लागेको बताएका छन्। बिहीबार सार्वजनिक बिदा भएकाले उनी बुधबारै सर्वोच्चमा पुगेर हाजिर गर्ने तयारीमा जुटेका हुन्।

    यसैबीच उनलाई महाअभियोग लगाउँदाका तीनैजना प्रस्तावकहरु मंसिर ४ को चुनावमा पराजित भएका छन्।

    स्तावकमध्ये सत्तारूढ दल नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ लमजुङमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग प्रतिनिधिसभाको प्रतिस्पर्धामा पराजित भए।

    त्यस्तै नेपाली कांग्रेसकी पुष्पा भुसाल अर्घाखाँचीमा नेकपा एमालेका टोपबहादुर रायमाझीसँग प्रतिनिधिसभाकै प्रतिस्पर्धामा पराजित भइन्।

    उता एकीकृत समाजवादीका नेता एवम् पर्यटनमन्त्री जीवनराम श्रेष्ठ पनि काठमाडौं ८ मा फराकिलो मतले पराजित भए।

    मन्त्री श्रेष्ठ काठमाडौँ–८ बाट नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार थिए। त्यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठ त्यस क्षेत्रमा तेस्रो स्थानमा सीमित रहे।

    उनीहरु तीनजना प्रस्तावक रहेको जबराविरुद्धको महाभियोग प्रस्ताव गत वर्ष फागुन २९ गते प्रतिनिधिसभाको बैठकमा पेस भएको थियो।