धनगढी- सुदूरपश्चिम प्रदेशका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन गरिएको छ। धनगढीको जेन्जी मार्गमा एलइडी बोर्डको उद्घाटन कार्यक्रमसँगै आयोजित कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूले अभियानअन्तर्गत तयार पारिएका बुकलेट विमोचन गरेका हुन्। विमोचित बुकलेटमा रामारोशन क्षेत्र, सालमुनी, पादुका त्रिवेणी धाम, बैद्यनाथ धाम, भागेश्वर…