काठमाडौँ– वुमेन्स डे महिला टि–२० आई सिरिज अन्तर्गत नेपाल आज (सोमबार) हङकङसँग भिड्ने भएको छ ।
खेल नेपाली समय अनुसार दिउँसो ४: ४५ बजेदेखि सुरु हुनेछ। यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ। त्यस्तै हङकङले पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ।
नेपालले मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ।त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ। जारी सिरिजमा नेपाल, युगान्डा, नामिबिया र हङकङ सहभागी छन्।