1. भित्री ग्रह अन्र्तगत कुन कुन ग्रहहरु पर्दछन ?
A. बुध, शुक्र, पृथ्वी र मंगल B. बुध, शुक्र, पृथ्वी र शनि
C. बुध, शुक्र, पृथ्वी र बृहस्पति D. बुध, शुक्र, पृथ्वी र अरुण
2. विश्वको सबैभन्दा ठूलो पानी जहाज “ टाईटानिक ” एट्लान्टिक महासागरमा कहिले डुबेको थियो ?
A) 1923 April 15 B) 1912 April 12
C) 1912 April 14 D) 1929 April 14
3. दिइएका जोडाहरुमा कुन गलत छ ?
A. यु – १९ एशियाकप २०२४ को उपाधि बंगलादेशले जितेको छ ।
B. विश्व माटो दिवस, २०२४ को नारा “Caring for Soils: Measure, Monitor, Manage” रहेको थियो ।
C. युरो कप, २०२४ स्पेनले जित्यो ।
D. तिब्बतमा ६.८ म्याग्निच्युडको भुकम्प २०२५ जनवरी २० मा गएको हो ।
4. ईजरायलले कहिले एशियाली विकास बैंकको सदस्यता प्राप्त ग¥यो ?
A. २०२५ सेप्टेम्बर २८ B. २०२५ सेप्टेम्बर १९
C. २०२४ सेप्टेम्बर २५ D. २०२४ सेप्टेम्बर २७
5. कोलम्बो सुरक्षा सम्मेलनको सबै भन्दा पछिल्लो सदस्य राष्ट्र कुन हो ?
A. २०२४ जुन १०, बंगलादेश B. २०२४ जुन १०, माल्दिभ्स
C. २०२४ जुन १०, श्रीलंका D. २०२४ जुन १०, मौरिसस
6. सुरक्षा परिषदमा २०२५ देखि २०२६ सम्मा निर्वाचित भएका अस्थायी राष्ट्रहरु कुन कुन हुन् ?
A. सोमालिया, पाकिस्तान, पानामा, ग्रिस र स्विजरल्याण्ड B. सोमालिया, पाकिस्तान, पानामा, ग्रिस र डेनमार्क
C. सोमालिया, जापान, पानामा, ग्रिस र डेनमार्क D. सोमालिया, पाकिस्तान, पानामा, ग्रिस र ईक्वेडर
7. समूह I र समूह II बीच जोडा मिलाई सही उत्तर छान्नुहोस् ।
समूह I समूह II
a. परमचव्रmकाम 1. अंशुवर्मा
b. परमभट्टारक 2. शिवदेव प्रथम
c. पशुपतिपाददानुगृहित 3. नरेन्द्रदेव
d. लिच्छवि कुल केतु 4. जयदेव द्धितीय
A) a2,b3,c1,d4 B) a1,b2,c3,d4
C) a4,b3,c2,d1 D) a4,b3,c1,d2
8. निम्न मध्ये कुन भुपरिवेष्ठित देश होईन् ?
A. लाओस B. कम्बोडिया
C. भुटान D. अफगानिस्तान
9. क्षेत्रफलका हिसाबले ठूलो देखि सानो क्रममा उल्लेखित महादेशहरुमा कुन क्रम ठिक छ ?
A. उत्तर अमेरिका, एशिया, दक्षिण अमेरिका, अफ्रिका
B. एशिया, दक्षिण अमेरिका, उत्तर अमेरिका, अफ्रिका
C. एशिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका
D. एशिया, उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका
10. दिइएका भनाई मध्ये कुन चाँहि सहि छ पत्ता लगाउनुहोस् ।
A. बिरालो, सर्प, भ्यागुता, व्वासो प्राथमिक उपभोक्ता हुन् ।
B. माटोमा हुने स्वतन्त्र जिवाणुलाई नाईट्रेड ब्याक्टोरिया भनिन्छ ।
C. अक्सिजन, नाईट्रोजन, कार्बन र विभिन्न लवणहरु वनस्पति र जनावर हुँदै पूनः वातावरणमा नै फर्कने क्रियालाई भू – रासायनिक चक्र भनिन्छ ।
D. हावा, सौर्य उर्जा, माटो, पानी आदि जैविक तत्वहरु हुन् ।
11. जोडा मिलाई उपयुक्त विकल्प छान्नुहोस् ।
क. नेपाली भाषाको प्रथम चलचित्र १. कुमारी
ख. प्रथम नेपाली चलचित्र २. राँको
ग. प्रथम नेपाली रंगिन चलचित्र ३. आमा
घ. प्रथम नेपाली सिनेमास्कोप चलचित्र ४. हरिशचन्द्र
A. क४, ख३, ग२, घ१ B. क४, ख३, ग१, घ२
C. क३, ख४, ग१, घ२ D. क१, ख३, ग४, घ२
12.Bill of Right (1689) कुन क्रान्ति सँग सम्बन्धित रहेको छ ?
A. गौरवमय क्रान्ति B. म्याग्नाकार्टा
C. फ्रान्सेली राज्य क्रान्ति D. औद्योगिक क्रान्ति
13. ३३०१ देखि ५००० मिटर सम्मको उचाईमा कस्तो प्रकारको हापापानी पाईन्छ ?
A. न्यानो समशितोष्ण हावापानी B. उष्ण मनसुनी हावापानी
C. ठण्डा समशितोष्ण हावापानी D. लेकाली
14. निम्न मध्ये कुन जोडा गलत छ ?
A. सुकेनाश – कार्बोहाईडेट B. फुकेनास – प्रोटिन
C. बेरीबेरी – भिटामिन “सि” D. रिगेट्स – भिटामिन “डि”
15. युरोपेली संघको सम्बन्धमा तलका भनाई माथि विचार गर्नुहोस् ।
१. फ्रान्स, जर्मनी र ईटालीलाई युरोपेली संघका ठूला संस्थापक सदस्य भनेर चिनिन्छ ।
२. संयुक्त अधिराज्य ३१ जनवरी २०२० मा युरोपेली संघबाट बाहिरिएको थियो ।
माथिका उल्लेखित भनाईहरु कुन ठीक छन् छुट्टयाउनुहोस् ।
A. १ ठीक २ गलत B. २ ठीक १ गलत C. दुवै ठीक D. दुवै बेठीक
16. नेपालमा म्इत्क् विधिको थालनी कहिले देखि भएको हो ?
A. वि.सं. २०५३ B. वि.सं. २०६१ C. वि.सं. २०५५ D. वि.सं. २०५४
17. आर्थिक सर्वेक्षण २०८०/८१ को फागुन सम्म वैदेशिक अध्ययनमा नेपाली विद्यार्थी गएका शिर्ष देशहरुको कुन क्रम सहि छ ?
A. जापान, क्यानडा,अष्ट्रेलिया,संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका
B. अष्ट्रेलिया, जापान, क्यानडा, संयुक्त राज्य अमेरिकार संयुक्त अधिराज्य
C. जापान, क्यानडा, अष्ट्रेलिया, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका
D. अष्ट्रेलिया, जापान, क्यानडा,संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका
18. निम्न लिखित जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
उपकरण आविष्कारक
1. सिमेन्ट -एस्पिडिन
2. क्यालकुलेटर – रवर्ट वाट्सनवाट
3. माईक्रोफोन – अलेक्जेण्डर ग्राहमबेल
4. क्यामेरा – जोसेफ नियसी
A) 1 र 2 ठिक B) 2 र 3 ठिक C) 1 र 4 ठिक D. सबै ठिक
19. खैरला दरबार कुन जिल्लामा पर्दछ ?
A. जुम्ला B. सिन्धुली C. कैलाली D. डोटी
20. विश्वमै सबैभन्दा उच्च स्थानबाट बग्ने नदी कुन हो ?
A. वरुण नदी B. अरुण नदी C. तमोर नदी D. त्रिशुली नदी
1. A 11. B
2. C 12. A
3. D 13. D
4. D 14. C
5. A 15. B
6. B 16. D
7. D 17. C
8. B 18. C
9. C 19. C
10. C 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 703