संघीय मन्त्रालयलेद्धारा डेढ दर्जन नायव सुब्बा (नासु)को सरुवा - Chaitanya News
  • 2026-05-24
  • 02:23:09
  • शनिबार,जेठ ०९, २०८३
  • संघीय मन्त्रालयलेद्धारा डेढ दर्जन नायव सुब्बा (नासु)को सरुवा

    संघीय मन्त्रालयलेद्धारा डेढ दर्जन नायव सुब्बा (नासु)को सरुवा

    काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डेढ दर्जन नायव सुब्बा (नासु) को सरुवा गरेको छ। मन्त्रालयले १५ गते बिहीबार ११ जना विविध सेवासहित १६ जना राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) कर्मचारीहरूको सरुवा गरेको हो।

    मन्त्रालयले सरुवा व्यवस्थापनलाई व्यवस्थित गर्न पछिल्लो समय अत्यावश्यक अवस्थाबाहेक प्रत्येक महिनाको १ र १५ गते मात्र सरुवा गर्दै आएको छ। यस व्यवस्थाले मन्त्रालयमा हुने अनावश्यक भीडभाड घटाउनुका साथै कर्मचारीहरूले भोग्नुपर्ने झन्झट र आर्थिक भारसमेत कम भएको छ।