चार जना सचिवहरूको वैदेशिक भ्रमण स्वीकृत - Chaitanya News
  • 2026-11-17
  • 10:49:56
  • मंगलबार,मंसिर ०२, २०८३
  • चार जना सचिवहरूको वैदेशिक भ्रमण स्वीकृत

    चार जना सचिवहरूको वैदेशिक भ्रमण स्वीकृत

    काठमाडौँ– सरकारले चार जना मन्त्रालयका सचिवहरूको वैदेशिक भ्रमण स्वीकृत गरेको छ।

    सोमबार बसको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलगायतका सचिवहरूको वैदेशिक भ्रमण स्वीकृत गरेको हो।

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (शिक्षा) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।