1. 1 AU भन्नाले के बुझिन्छ ?
A. पृथ्वी र चन्द्रमामा बीचको दुरी B. सूर्य र चन्द्रमा बीचको दुरी
C. पृथ्वी र सूर्य बीचको दूरी D. पृथ्वी र मंगल ग्रह बीचको दूरी
2. नेपाल र भारत बीच शान्ति तथा मैत्री सन्धी कहिले भएको थियो ?
A. सन् १९५० जुलाई ३१ B. सन् १९५० मे ३१
C. सन् १९५१ जुलाई ३१ D. सन् १९५२ जुलाई ३१
3. जोडा मिलान गरि सहि विकल्प छान्नुहोस् ।
प्रचलन चलाउने व्यक्ति
a. अवराधीलाई नगद दण्ड गर्ने 1. मानदेव
b. लुमडी भद्रकाली नाँच 2. जयस्थित मल्ल
c. झ्यालमा बुट्टा हाल्ने 3. रत्न मल्ल
d. विजय यात्राको प्रचलन 4. नरेन्द्र देव
5. यक्ष मल्ल
A) a2,b3,c4,d1 B) a2,b1,c3,d4 C) a4,b3,c1,d5 D) a5,b1,c4,d3
4. पाँच समुन्द्रको बन्दरगाह भनेर कुन देशलाई चिनिन्छ ?
A. श्रीलंका B. रसिया C. इण्डोनेसिया D. नेदरल्याण्ड
5. धौलागिरी हिमालको अर्को उपनाम कुन हो ?
A. भैरव टाकुरा B. दक्षिण चुचुरा C. जुन्नु हिमाल D. सेतो हिमाल
6. दोस्रो सबैभन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ?
A. कञ्चनपुर B. दार्चुला C. मकवानपुर D. सिन्धुली
7. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
उपनाम नदी
a. उत्तर गंंगा 1. कालीगण्डकी
b. गंगास्वरुपा 2. सानो भेरी
c. वैष्पवीस्वरुपा 3. मादी
d. कौमारीस्वरुपा 4. सेती
A) a2,b3,c1,d4 B) a2,b1,c4,d3 C) a1,b2,c3,d4 D) a4,b3,c1,d2
8. लेकाली हावापानीमा कति से.मी. सम्मको वर्षा हुन्छ ?
A. २० से.मी B. २५ से.मी C. ५० से.मी D. ३५ से.मी
9. “मानव मस्तिष्कले जे चाहन्छ, विश्वास गर्छ, त्यो पाउन सक्छ” । भन्ने भनाइ कसको हो ?
A. नेपोलियम हिल B. नेपोलियन बोनापार्ट C. अब्रहाम लिङ्कन D. चाल्र्स डार्विन
10. निम्नलिखित कथनहरु बारेमा विचार गर्नुहोस् ।
१) मेचे, कोचे, किसान जाति झापा जिल्लामा बसोबास गर्दछन् ।
२) माझी जातिको कुल देवतालाई भीमसेन भनिन्छ ।
३) हलेशी मन्दिरमा राई जाति पूँजारी हुन्छन् ।
४) थकाली जातिको पुरोहितलाई ज्वाई भनिन्छ ।
माथिका जोडामा नमिल्ने जोडा कुन हो ?
A. १ र २ मात्र B. ३ र ४ मात्र C. १,३ र ४ मात्र D. ४ मात्र
11. संसारमा सबैभन्दा बढी विस्तार भएको भाषा परिवार देहायका मध्ये कुन हो ?
A. भारोपेली B. भोटबर्मेली C. आग्नेय D. द्रविड
12. नेपालमा गजुर नभएको एक मात्र मन्दिर तल दिइएका मध्ये कुन हो ?
A. कृष्ण मन्दिर B. कुम्भेश्वर महादेव C. अशोक विनायक D. सिद्धि विनायक
13. आर्थिक सर्वेक्षण (२०८०र८१) अनुसार विदेशी लगानी स्वीकृति पाएका परियोजनाको देशगत क्रम कुन सहि छ ?
A. चीन, भारत, हङकङ, दक्षिण कोरिया, अमेरिका B. भारत, चीन, दक्षिण कोरिया, हङकङ
C. चीन, दक्षिण कोरिया, स्पेन, क्यानडा, अमेरिका D. अमेरिका, चीन, भारत, स्पेन, क्यानडा
14. प्रधानमध्यान्ह रेखा सम्बन्धि तलका भनाई विचार गर्नुहोस् ।
१. प्रधानमध्यान्ह रेखा शुन्य डिग्रीमा देशान्तर मानिन्छ ।
२. प्रधानमध्यान्ह रेखा पूर्वको समय छिटो र पश्चिमको समय ढिलो हुन्छ ।
३. पृथ्वीको ठीक वीचबाट आधा हुने गरी पृथ्वीको उत्तर ध्रुवदेखि दक्षिण ध्ू्रवसम्म खिचिएको ठाडो शून्य डिग्री काल्पानिक देशान्तर रेखालाई प्रधानमध्यान्ह रेखा भनिन्छ ।
A. १ र २ मात्र सहि B. २ र ३ मात्र सहि C. सबै सहि D. सबै गलत
15. एशीयाली पूर्वाधार लगानी बैंक (AIIB) प्रधान कार्यालय कहाँ रहेको छ ?
A. मनिला, फिलिपिन्स B. वासिङटन डि.सि, अमेरिका C. बेईजिङ, चीन D. संघाई चीन
16. “एक सम्बोधन समयमाथि ” कृतिका लेखक देहायका मध्ये को हुन् ?
A. कविता राई B. सुविन भट्टराई C. दीनानाथ शर्मा D. दीपक पराजुली
17. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
a. भाईरस 1. काल्मेट एण्ड म्युरीन
b. एक्सरे 2. विलियम रोन्टजोन
c. ब्याक्टोरिया 3. एन्टोन भ्यान लिउनहक
d. बि.सि.जि खोप 4. मार्टिन विलियम र बोई जेरनिक
A) a4,b2,c3,d1 B) a4,b3,c2,d1 C) a2,b1,c4,d3 D) a4,b1,c3,d2
18. अल्वर्ट आईस्टाईनलाई तलका मध्ये कुन आविष्कारले सन् १९७१ मा भौतिकशास्त्रको नोबेल पुरस्कार जितेका हुन ?
A) Quantum Theory of light B) General Theory Of Relativity
C) The Photoelectric Effect D) Wave-Particle Duality
19. जेनेरेटरका आविष्कारक कुन वैज्ञानिक हुन ?
A. जोन डाल्टन B. माईकल फराडे C. लुईशपाश्चर D. चाल्र्स डार्बिन
20. निम्न भनाई विचार गर्नुहोस् ।
१. पुरुष तर्फ फिफा द बेस्ट, २०२४ बाट सम्मानित हुने खेलाडी भिनिसीयस जुनियर हुन् ।
२. फिफाले सन् २०३४ को विश्वकप फुटबल प्रतियोगिता साउदी अरेबियामा आयोजना गर्ने निर्णय गरेको छ ।
३. सन् २०२४ को अन्तर्राष्ट्रिय बुकर पुरस्कार प्राप्त गर्ने कृति Kairos by Jenny Erpenbeck हो ।
A. १ र ३ ठिक B. २ र ३ ठिक C. सबै बेठिक D. सबै ठिक
1. C 11. A
2. A 12. C
3. A 13. A
4. B 14. C
5. D 15. C
6. C 16. C
7. B 17. A
8. C 18. C
9. A 19. B
10. A 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 757