कस्तो रहला आजको मौसम ? - Chaitanya News
  • 2026-07-17
  • 02:52:38
  • बिहिबार,आषाढ ३२, २०८३
  • काठमाडौँ– आज देशभमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    महाशाखाका अनुसार आज (मंगलबार)कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्नेतर्फ पनि महाशाखाले सतर्क गराएको छ।

    अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।