अनु र भोजराजको अभिनय रहेको गीत बैतडी है धनगढी सार्वजनिक, सुपको संस्कृति झल्काउने प्रयास - Chaitanya News
  • 2026-05-25
  • 07:41:08
  • सोमबार,जेठ ११, २०८३
  • अनु र भोजराजको अभिनय रहेको गीत बैतडी है धनगढी सार्वजनिक, सुपको संस्कृति झल्काउने प्रयास

    अनु र भोजराजको अभिनय रहेको गीत बैतडी है धनगढी सार्वजनिक, सुपको संस्कृति झल्काउने प्रयास

    धनगढी- लोकप्रिय गायक शेरे औजीको आवाजमा रहेको नयाँ डेउडा गीत “बैतडी है धनगढी“ सार्वजनिक भएको छ । यो गीतमा सुदूरपश्चिम प्रदेशको मौलिकता, लोकसंस्कृति, र डेउडा भाकाको विशेषता समेटिएको छ ।

    यस गीतमा शेरे औजीलाई चर्चित गायिका लक्ष्मी नेपालीले साथ दिएकी छिन् । गीतको शब्द माधव बिष्ट कैलाशले लेखेका हुन् भने कृष्ण बजुरेलीले संगीत संयोजन, मिक्सिङ र मास्टरिङ गरेका छन् । यो गीत म्युजिक इरा स्टुडियो मा रेकर्ड गरिएको हो ।

    भिडियोमा चर्चित कलाकारहरू भोजराज जोशी , अनु खड्का, र अमर भट्ट को आकर्षक प्रस्तुति देख्न सकिन्छ । गीतको निर्देशन भीम थापाले गरेका छन् भने छायांकन दिपेश ठगुन्नाले गरेका छन्।

    डेउडा गीत सुदूरपश्चिम प्रदेशको मौलिक सांगीतिक पहिचान हो। “बैतडी है धनगढी“ ले पनि त्यही मौलिकतालाई जगेर्ना गर्दै परम्परागत गीतसंगीतलाई नयाँ पुस्तासम्म पु¥याउने प्रयास गरेको छ।

    गीतमा बैतडीदेखि धनगढीको यात्रा, त्यहाँका प्रेमिल भावनाहरू, संस्कृतिक सम्पदा, रहनसहन र सुदूरपश्चिमेली शैलीको सौन्दर्यलाई विशेष रूपमा उतारिएको छ।

    गीत सार्वजनिक भएको केही समयमा नै यसले दर्शक तथा स्रोताहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। युट्युबमा दर्शकहरूले गीतको लय, शब्द, र भिडियो सम्पादनको तारिफ गरेका छन्।

    गीतका निर्माता गोविन्द पार्की ले पनि यो गीतले सुदूरपश्चिमको सांगीतिक पहिचानलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरेका छन् ।

    गायक शेरे औजीले आफ्नो युट्युब परिवारलाई समर्थन गर्न आग्रह गर्दै भनेका छन्, “नेपाली लोकसंगीतको प्रवद्र्धनका लागि यो गीतलाई शेयर, लाइक, र कमेन्ट गर्न नबिर्सनु होला । तपाईंहरूको मायाँ र साथले हामीलाई अझ राम्रो सिर्जना गर्न हौसला प्रदान गर्छ।“