काठमाडौँ – सरकारले पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गर्ने तयारी गरेको छ।
नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये सबैभन्दा बढी पाठेघरको मुखको हुने गरेको छ। समयमै पहिचान गरी उपचार गरे यो रोग निको हुन सक्छ।
सोही विषयलाई ध्यानमा राखी मन्त्रालयले यो वर्ष ५ लाख महिलाको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ्ग) गर्ने लक्ष्य लिएको हो।
आफ्नो नजिकैको स्वास्थ्य संस्थामा गएर पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न ३० वर्षमाथिका सबैलाई स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
यो परीक्षण सबै स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा उपलब्ध हुने सरकारले जनाएको छ साथै शिविरहरू समेत सञ्चालन गर्ने मन्त्रालयको भनाइ छ।