अर्थ मन्त्रालयद्धारा सीईओका लागि दरखास्त आह्वान - Chaitanya News
  • 2026-11-17
  • 11:16:16
  • मंगलबार,मंसिर ०२, २०८३
  • अर्थ मन्त्रालयद्धारा सीईओका लागि दरखास्त आह्वान

    अर्थ मन्त्रालयद्धारा सीईओका लागि दरखास्त आह्वान

    काठमाडौँ– अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ( का लागि दरखास्त आह्वान गरेको छ।

    मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत सिइओ नियुक्तिका लागि सोमबार एक सूचना जारी गर्दै धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को नियम १६ को क. बमोजिम योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त माग गरेको हो।

    योग्य आवेदकहरूलाई सात दिनभित्र आवेदन दिन आह्वान गरिएको छ।