काठमाडौँ– संघीय संसद सचिवालयले सांसदहरूका लागि ‘तथ्य पुस्तिका’ बनाएको छ।हालै प्रकाशित पुस्तिकामा संघीय संसद सम्बन्धी तथ्यांकहरू, सामाजिक र आर्थिक तथ्यांकहरू राखिएका छन्। विविध क्षेत्रका तथ्यांक तथा सूचकहरू समेत समेटिएका छन्।
तथ्य पुस्तिका प्रकाशन समितिमा संसद सचिवालयकी सहसचिव निर्मलादेवी लामिछाने ९बस्ती०, उपसचिव विकास बोहरा, राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक शिव श्रेष्ठ र शाखा अधिकृत निरज दाहाल छन्।
संसद सचिवालयका अनुसार सहसचिव लामिछाने सांसदहरूलाई सहयोग गर्ने उद्देश्यले पुस्तक निकालिएको हो।यो पुस्तक वर्षैपिच्छे निकाल्ने तयारी छ।