काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जसले आफ्नो जति आलोचना गरे पनि गणतन्त्रको विरोध गरिरहने बताएका छन्। आज (आइतबार) संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले आफू राजालाई राज्य सञ्चालन र राजनीतिमा पूर्वराजालाई स्पेस दिनुपर्छ भन्ने पार्टीको अध्यक्ष भएको समेत बताए ।
‘म पूर्वराजालाई राजनीति र राज्य सञ्चालनमा स्पेस दिनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ,’ लिङ्देनले भने, ‘तसर्थ मलाई जसले जति विरोध गरोस्, गणतन्त्र जसले लडेर ल्याएको होस या विदेशीको बुइ चढेर ल्याएको होस् विरोध गरिरहन्छु।’