महानगरले पुनः डोजर चलाउन सक्ने भन्दै, महानगरविरुद्ध माइतीघरमा सुकुम्बासीको आन्दोलन - Chaitanya News
  • 2026-04-28
  • 01:22:29
  • सोमबार,बैशाख १४, २०८३
  • महानगरले पुनः डोजर चलाउन सक्ने भन्दै, महानगरविरुद्ध माइतीघरमा सुकुम्बासीको आन्दोलन

    महानगरले पुनः डोजर चलाउन सक्ने भन्दै, महानगरविरुद्ध माइतीघरमा सुकुम्बासीको आन्दोलन

    काठमाडौं– काठमाडौं महानगरपालिकाविरुद्ध उपत्यकाका सुकुम्बासीले माइतीघर मण्डलामा आन्दोलन गरेका छन्। महानगरले पुनः डोजर चलाउन सक्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

    महानगरले मंसिर १२ गते थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने प्रयास गरेको थियो। तर, महानगरका नगरप्रहरीमाथि ढुंगामुडा हुँदा ३६ जना नगरप्रहरी घाइते भएका थिए।

    ढुंगामुडाबाट घाइते भएका नगरप्रहरीले सुकुम्बासीविरुद्ध काठमाडौं प्रहरी परिसर उजुरी दिएका छन्। उजुरीमाथि प्रहरीले अनुसन्धान थालेको छ।