प्रतिनिधि सभाले नेपाल प्रहरी सम्बन्धी विधेयक अगाडि बढायो - Chaitanya News
  • 2026-06-28
  • 01:23:08
  • शनिबार,आषाढ १३, २०८३
  • प्रतिनिधि सभाले नेपाल प्रहरी सम्बन्धी विधेयक अगाडि बढायो

    प्रतिनिधि सभाले नेपाल प्रहरी सम्बन्धी विधेयक अगाडि बढायो

    काठमाडौं– प्रतिनिधि सभाले नेपाल प्रहरीसम्बन्धी विधेयक अगाडि बढाएको छ। आज (आइतबार) दिउँसो १ बजे बस्ने बैठकबाट यो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तयारी छ।

    गृहमन्त्री रमेश लेखकले गत माघ १५ गते यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका थिए। यो विधेयकमाथि सांसदहरूले ५१ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्। सांसदहरूको संशोधन प्रस्तावसहित दफावार छलफलका लागि प्रतिनिधि सभामा सम्बन्धित संसदीय समितिमा पठाउन लागेको हो। यो विधेयक दफावार छलफलकालागि प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा जानेछ।

    यसका अलावा आज प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि छ।

    वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्नेछन्।